कविताः– सन्दर्भ MCC

  प्रतिमा पोख्रेल (नयाँ सृष्टि )

पेट्भरी हलाहल बिष र
जिब्रोमा अमृत बोकेर
कूटनीति तबरले भित्रिन खोजिरहेको छ
ब्वाँसो रुपि अमेरिकी साम्राज्यवाद
MCC को नाम बोकेर

देशका अन्धभक्त विज्ञ र भ्रष्ट बहिरा हरुले
नेपाली माटो रणभुमिको मसानघाट र
जनतालाई मुर्दा बनाएर
यता बोलाइरहेको छ
बिदेशी दुश्मनी मलामी
MCC को प्लेकार्ड
छातिमा टास्न लगाएर,

ए ! डल्लरमा बिकेका
डल्लरका पुजारी हरु हो १

खबरदार पास गरिएला
देश र जनताको घातक MCC प्रकरण !!
यदि
प्राकृतिक सम्पदाले शृङ्गारिएर
सुन्दर बनि उभिएको
स्वतन्त्र सार्वभौम शान्त देशलाई
डल्लरमा धरौटी राखी
बिदेशी शक्तिको हस्तक्षेप लाई
स्थान दिने हो भने
नेपालको सैन्यशक्ति लाई
कम्जोर बनाउदै
कर्मठ नेपाली हरुको
श्रम र सिप माथि आगो
लागाउँनु हो,

त्यति मात्र कहाँ होर हजुर !

MCC लागु गर्नु भनेको
आफ्नै ढिकुटी भित्र
मुसो रुपि कालो गोमन साप लाई
दुध पिलाएर पाल्नु हो ,

अनि र MCC भनेको यो पनि होकि !
बिरालो रुपको बाघको डम्बरु
चुलोमा ल्याएर नचाउँनु हो ,

खबरदार देशलाई पिण्ड बनाउँने हरु हो !
बिस्तारबाद र साम्राज्यवाद ले
नेपाली छाती चिथोरेर
अंग अंग लुछेको
अब र हेर्ने छैनन् जनताले मुखदर्शक बनेर
अनिर बस्ने छैनन्
परचक्री साशक हरुको गुलाम बनेर,

होसियार कुलङ्गर हरु हो …!

एकातिर !
कालापानी र लिम्पियाधुरा जस्ता
सिमा जोगाउन
गोलि निलेर रगत छाद्न
अहोरात तत्पर भएर
आगोको फिलुङ्गो संग खेल्ने जवान हरु ,
छन् भने ,

अर्को तिर
खुकुरी को धारमाथी
आफ्नो पैताला राखी

यता MCC को जंगली भुत बाट
देश बचाउन
जीवन को कुनै प्रवाह नगरी
एउटै चिहानमा एकै साथ
मर्न पनि तयार छन्
आम नेपाली जनताहरु ,

ए ! सुनत एता
देश नङ्ग्याउने अनि
मेची र महाकालीका धार बङ्ग्याउने हरु हो !
MCC पास गरि लागु गर्नु भनेको
नेपाली सम्पदाको साचो बोक्ने
बिदेशी सक्तिको सिंह जन्माउनु हो ,
यद्यपि , खबरदार
MCC पास गरिएला
नेपाल भूमिको छाती बोकेर
उभिने सम्पुर्ण नेपाली
जनताको एकमुष्ट आव्हान ।

अरुण गाउँपालिका– ५, भोजपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार