माघ १६ …

  संग्रम किराँती

राष्ट्रको सारथि बनी, आफैमा सन्किनेहरु,
नयाँ नेपालको नारा, बोकेर घन्किनेहरु,
माघ १६ तिम्रो तस्वीरमा, माला हाल्छन्,
समयको चक्रमा, रबर झैँ तन्किनेहरु,
थुकिरन्छन् तिम्लाई, धारेहात पारी-पारी,
तिम्रो प्राणमा बग्दै, नागार्जुनमा थन्किनेहरु,
सरापी बस्छन् सदा, चिहाउँदै छिडिबाट,
शक्ति वियोगका पीडाले, पोली रन्किनेहरु,
ताना-तान ठेलाम्ठेल, लुछाचुँडी गर्छ यहाँ,
तिम्रो विरासत माथी, झीँगा झैँ भन्किनेहरु,
लैनो गाई रे तिमी, युगभर दुहुने भन्छन्,
क्रान्तिको खोल ओढी, तिमीसँगै दन्किनेहरु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार