रुसका राष्ट्रपति र भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सि जिनपिङबीच भिडियो लिंकमार्फत् वार्ता हुने भएको छ । चीनको विदेश मन्त्रालयले शुक्रबार यस विषयमा जानकारी दिएको छ । प्राप्त समाचारअनुसार चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले बेइजिङमा आज सो कुरा बताउनुभएको हो ।
बेइजिङमा आयोजना भएको नियमित प्रेस भेटघाटका क्रममा प्रवक्ता हुवा चुनयिङले चीनका राष्ट्रपति जिनपिङ र रुसी राष्ट्रपति पुटिनबीच भिडियो लिंकका माध्यमबाट यही जुन २८ मा वार्ता हुने भएको जानकारी दिनुभयो ।
उहाँहरु बीचमा गत महिनामात्र पनि फोनमा वार्ता भएको थियो ।