विवाहपछि कोरियाली समाजमा प्रभाव छाड्दै भाेजपुरे चेली (भिडियाे सहित)


काठमाडौँ । कोरियमा पनि विवाह मामिलामा नेपालजस्तै छ । नेपाल जस्तै यस अर्थमा कि विवाह व्यक्तिगत छनौट भन्दा सामाजिक उत्तरदायित्वको रुपमा मानिन्छ । विवाह गर्न पनि नेपालजस्तै शहरिया र धनाड्यलाई कोरियामा सहज छ । ग्रामीण कोरियालीलाई भने नेपाली ग्रामिण भेगका युवायुवतीजस्तो विवाह गर्न सहज छैन ।
धेरै कोरियाली युवतीले विवाह गर्नै छाडेका छन् । अझ ग्रामीण क्षेत्रका युवासँग विवाह गर्ने विषय त झनै परको कुरा भयो । यहि समस्यालाई चिर्न कोरियाली सरकारले सन् १९९० को दशकमा विदेशीसँग विवाह गर्न पाउने कानून ल्यायो । कानूनसँगै धेरै विदेशी युवतीहरू कोरियालीसँग विवाह गरेर गए । यसरी विवाह गरेर जानेहरूले धेरै दुःख पाएको, यातना भोगेको जस्ता समाचारहरू धेरै समय चले ।
पछिल्लो समयमा केहि सकरात्मक समाचार पनि आउन थालेका छन् । कोरियाली भाषा नै नजानी त्यहाँका नागरिकसँग बिहे गरेर गएका आप्रवासी श्रीमतिहरूको जीवनमा समेत परिवर्तन आएको छ । यस्तै परिवर्नत आउनेमा एक हुन् नेपालकी सम्झना राई । ११ वर्षअघि आफ्नै आन्टीले मिलाएको ब्लाइन्ड डेटपछि सम्झना कोरियालीसँग युवकसँग विवाह गर्न राजी भइन् । तीन दिनभित्र बिहेको टुङ्गो लाग्यो । त्यहि वर्ष उनी कोरिया गइन् ।
कोरिया गएको ११ वर्षपछि उनी अहिले कोरियाली प्रहरीको अधिकृत छिन् । उनले आफ्नो नाम परिवर्तन गरी कोरियाली नाम किम हाना बनाइन् । यहि नाममा अंगीकृत नागरिकता लिइन् । र‚ त्यहि आधारमा उनले अहिले प्रहरी अधिकारी हुने अवसर पाइन् । ३१ वर्षे सम्झना राई अर्थात् किम हानाले बीबीसीसँग कुरा गर्दै आफू वंशज कोरियालीजत्तिकै सक्षम भएको नठाने पनि आफूलाई त्यसबारे सोच्ने समय नभएको बताएकी छन् ।

सम्झना राई अहिले परराष्ट्र मामिला अफिसमा कार्यरत छिन् । उनले नेपाली र कोरियाली समुदायको पूलको रुपमा काम गरेकी छन् ।
कोरियामा विवाह गरेर आउने एक तिहाइ भियतनामी भएकाले आफूलाई धेरैले भियतनामी सोचेको उनले बीबीसीसँग बताएकी छन् । उनी भन्छिन्, ‘म अझै सम्झन्छु‚ जब मेरो छोरो सानो थियो‚ त्यसबेला म बसमा चढ्न लागेको थिएँ । कुनै एक पुरुषले मलाई भियतनाम आइज‚ यतै बस भन्यो ।’
सन् २००८ मा कोरियाली सरकारले बहुसांस्कृतिक सहयोग केन्द्रहरू स्थापना गरेपछि धेरै सहयोग भएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘यहाँ ठुलो विदेशी समुदाय छ र‚ मैले आफ्नो सेवा गर्दा भिन्न भिन्न प्रकृतिका मान्छेहरूलाई पनि भेटेको छु ।’ बीबीसीले सम्झना राई नेपालको कुन ठाउँबाट कोरिया गएकी हुन्‚ र उनका श्रीमान के गर्छन् जस्ता विषयमा भने उल्लेख नगरे पनि सम्झनाकाे घर पाैवादुङ्माकाे तिवारीभञ्ज्याङ रहेकाे जनाएकाे छ तर, गृहिणीको रुपमा कोरिया प्रवेश गरेर कोरियाली प्रहरी अधिकृत बन्नु र नेपाली अनि कोरियाली समुदायको पूल बन्नु सम्झनाका लागि ठूलो पहिचान हो ।

भिडियाे हेर्नुहाेस् ।

विविसीकाे सहयाेगमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार