अफगानिस्तानमा तालिबानले बालिकालाई विद्यालयमा पढ्न जान दिँदैनन्


एजेन्सी । केहि समय अघिसम्म विद्यालयकी शिक्षिका रहेकी साहला अहिले काबुल विश्वविद्यालयकी प्राध्यापक हुन्। लकडाउनको समयमा उनले अनलाइनमार्फत पढे । तर उनले पढाएका धेरै विद्यार्थीहरूले अनलाइनमा शिक्षा पाउनको लागि निकै संघर्ष गर्नु परेको उनी बताउँछन् । अहिले आएर उनले कितावहरु पुस्तकहरू जम्मा गर्न थालेकी छन्।
साहालाले पुस्तकहरू लुकाएर राख्न थालेको यो पहिलो अवसर होइन। उनले गोप्य विद्यालय सञ्चालन गर्ने योजना बनाएको यो पहिलो भने होइन । ‘मेरा अधिकांश छात्राहरूसँग स्मार्टफोन छैन। न उनीहरूको परिवारले तिनलाई इन्टरनेट चलाउन दिन्छ, उनले भनिन्।
घरको श्रीमानको फोन लिएर कक्षामा सहभागी भइरहँदा कोसँग बोलिरहेको भन्दै उनीहरूको नियमित रूपमा निगरानी गर्ने गथ्र्यो, तर, महिलाहरूलाई प्रविधिको पहुँचको खडालले मात्रै पछाडि पारिरहेको भने छैन। अफगानिस्तानमा सरकार र तालिबान विद्रोही बीचको द्वन्द्व अहिले संवेदनशील मोडमा आइपुगेको छ।

अमेरिकी नेतृत्वका फौज फिर्ता गएपछि धेरैले कट्टर इस्लामवादी समूह सक्रिय हुने चिन्ता गरिरहेका छन्। तालिबानले पछिल्ला महिनाहरूमा कतिपय क्षेत्रमा कब्जा जमाइसकेको छ। चरम पितृसत्तात्मक नियमहरू लागु गरेकाले बदनामी कमाएका तालिबानहरूले विगतमा सबै महिलाहरूलाई पढ्नबाट रोक लगाएका थिए।

त्यसबाहेक उनीहरूले नजिकको पुरुष आफन्तबिना घरबाहिर निस्कन नमिल्ने पनि भनेका थिए। त्यसयता उक्त उग्रवादी समूहले आफूहरू महिला शिक्षाको विपक्षमा नरहेको बताएका छन्।
तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने, पुरुष र महिला दुवैले शिक्षामा पहुँच प्राप्त गर्नुपर्छ र यो महत्त्वपूर्ण छ। तर महिलाहरूका लागि विशेष र सुरक्षित वातावरण तयार गरिनुपर्छ र महिला शिक्षिकाहरू खटाइनुपर्छ। तर महिला अधिकारको वकालत गर्ने साहला जस्ता धेरैले फेरि महिला शिक्षामा पूर्ण बन्देज लाग्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

अहिले ६० को दशकमा हिँडिरहेकी साहला तालिबानले सन् १९९० को दशकको अन्त्यमा देशलाई नियन्त्रणमा लिएको समयमा आफूले छात्राहरूका लागि गोप्य विद्यालय स्थापना गरेको सम्झिन्छिन्। नौदेखि दश वर्षका उनका विद्यार्थीहरू त्यो बेला निलो रङ्गको परम्परागत बुर्का लगाएर आउने गर्थे।

शिक्षाको विरोध गर्नेलाई सुइँको नहोस् भनेर उनले तीनलाई अङ्ग्रेजी भाषाका पाठ्यसामग्रीहरू इस्लामिक पुस्तकका गाताभित्र लुकाएर ल्याउन लगाउँथिन्। घर पछाडिको बगैँचामा रूखमुनि सानो टेन्टभित्र साहलाले विद्यार्थीहरूलाई कालोपाटीमा पढाउने गर्थिन्।

ूमैले विद्यालय सुरु गर्दा २० जना छात्रा थिए र उक्त काम सक्दा जम्मा चार जना विद्यार्थी मात्रै बाँकी रहे। तीमध्ये दुई जना मेरै छोरीहरू थिए,ू त्यसबेलाको अप्ठेरो सम्झँदै उनले भनिन्। तालिबानहरूले विद्यालय सञ्चालनमा रहेको प्रमाण खोज्न नियमित रूपमा आफ्नो घरमा छापा मार्ने गरेको उल्लेख गर्दै उनले तर एक पटक मात्रै उनीहरूले विद्यालय बन्द गर्न सकेको बताइन्।
त्यस्तो भूमिगत विद्यालय स्थापनाका लागि आवश्यक पर्ने पुस्तकहरू अहिले ३० वर्षपछि फेरि सङ्कलन गर्नुपर्दा आफू विक्षिप्त भएको उनले बताइन्।
अघिल्लो नोभेम्बर सहलाले काबुल विश्वविद्यालयमा पढाइरहँदा कैयौँ बन्दुकधारीहरू क्याम्पस परिसरमा प्रवेश गरे र उनी नजिकैको कक्षाकोठामा गोली चलाए। अकस्मात् निरन्तर गोली चलेको आवाज सुन्दा म पुस्तक प्रदर्शनीमा थिए। विद्यार्थीहरू यताउता दौडिरहेका थिए। कोही रोइरहेका थिए र अरू फोनमा कुरा गर्दै मूल गेटतर्फ भागिरहेका थिए। सरकारी फौजहरू आइपुगेपछि त्यहाँ दुई पक्षबीच घण्टौँसम्म लडाइँ चल्यो जसमा २२ जनाले ज्यान गुमाए र २२ जनाभन्दा बढी घाइते भए।

अधिकांश पीडितहरू महिला थिए। र प्रहरीले पनि घाइते महिलाहरूलाई घटनास्थलबाट भाग्न मद्दत गरेनन् किनभने उनीहरूले महिलालाई छुनु हराम (इस्लाम धर्मले बन्देज लगाएको काम) हो भन्ने विश्वास गर्थे। तर पछि जब विशेष फौज आए उनीहरूले महिलाहरूलाई त्यहाँबाट लगेको उनले बताइन्।

आईएसआईएसले पछि उक्त आक्रमणको जिम्मेवारी लिएको थियो। उसले धर्मको मान्यता त्यागेको अफगान सरकारको लागि काम गरिरहेका न्यायाधीश र अनुसन्धानकर्ताहरूलाई निशाना बनाएको जनाएको थियो।

जिहादी उग्रवादी समूहको आईएसआईएस–के नामक शाखा सन् २०१४ मा अफगानिस्तानमा खोलिएको थियो। त्यसयता उनीहरूले राजधानीका शिक्षण केन्द्र र विद्यालयमा गरिएका कतिपय घातक हमलाको जिम्मेवारी लिएका छन्।

अघिल्लो वर्ष उनीहरूले गरेको भनी दाबी गरिएको एउटा सबैभन्दा क्रुर हमलाले महिला, बालबालिका र नवजात शिशुलाई निशाना बनाएको थियो। एउटा प्रसूति वार्डमा भएको आक्रमणमा १६ जना मारिएका थिए र त्यति नै सङ्ख्यामा घाइते भएका थिए।

तर शिक्षासेवी साहला आईएसआईएस जस्ता उग्रवादी समूहका कारण चर्किएको हिंसा र तालिबान नियन्त्रित भूगोलको विस्तारले आफू पुनः पुस्तकहरू सङ्कलन गर्नुपर्ने अवस्थामा पुगेको बताउँछिन्।

उनले भनिन्, मैले पाल, पुस्तक, कलम र कापीका लागि पर्याप्त पैसा सुनिश्चित गर्नुपर्छ। किनभने मलाई थाहा छ तालिबानहरूले छात्राहरूलाई विद्यालयमा पढ्न जान दिँदैनन्। अहिले पनि उनीहरूले जिल्लामा नियन्त्रण कायम गरेपछि गर्ने पहिलो काम भनेको छात्रा विद्यालय बन्द गर्ने हो। विविसीकाे सहयाेगमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार