भोजपुरको कावा खोलामा निर्माणको क्रममै भाँचियाे पक्की पुल


भोजपुर । जिल्लाको दक्षिणी कावा खोलामा रु.५ करोड बढीको लागतमा निर्माण भईरहेको पुल भाचिएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङलाई जोड्ने कावा खोलामा स्वीस सरकारको आर्थिक सहयोगमा पुल निर्माण थालिएको हो ।
४५ मिटर लम्वाई, ६ मिटर चौडाई र १ दशमलब २० मिटर रहेको पुलको दुवै तिर पैदल हिड्न मिल्ने गरि बनाउन लागिएको छ । पुलको डिजाइन अवधी ८० वर्षको र पुल भूकम्प प्रतिरोधी हुने प्राविधकले बताएको भए पनि पुल निर्माणको क्रममा भाचिएकोको छ ।
जिल्लालाई उत्तर–दक्षिण जोड्ने लक्ष्यका साथ कावा खोलामा पुल निर्माण शुरु भएपछि स्थानीयमा उत्साह थपिएको थियो । तर पुल निर्माण कै चरण ढलेपछि स्थानीय निराश बनेका छन् ।
यस सडक खण्डलाई भोजपुरको उत्तर–दक्षिण जोड्दै संखुवासभाको किमाथाङ्कासम्म कालोपत्रे गर्ने लक्ष्यले सडक विस्तारको तयारी थालिएको थियो । पुल निर्माण भएपछि सदरमुकामबाट दक्षिण हुँदै तराईका जिल्लामा सहज पहुँच हुनेमा स्थानीयको आशावादी छन् ।
यो भोजपुरलाई तराई जिल्लासंग जोड्ने सवैभन्दा छोटो सडक मार्ग पनि हो । यहाँ प्रदेश सरकारको पूर्ण लागतमा आठ ओटा र प्रदेश सरकारको पहल तथा स्वीस सरकारको अनुदान सहयोगमा दुई ओटा गरी १० ओटा पुल निर्माण भईरहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । कतिपय पुल निर्माणको अन्तिम चरणमा रहेका छन् ।
पुल भत्किएको विषयमा छानबिन गर्न काठमाण्डौबाट विज्ञ टोली आउने पूर्वाधार विकास कार्यालय भोजपुुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार