१८ बर्षपछि गंगा बरदानको धराने हावा तोङ्गबाको पानी… सार्वजनिक


धरान । लोकप्रिय लोकगायक गंगा बरदानले १८ बर्षपछि नयाँ गीत सार्वजनिक गरेका छन् । बरदानले नयाँ गीत धराने हावा तोङ्गबाको पानी ..युट्युब मार्फत सार्वजनिक गरेका हुन् ।
सांगीतिक कार्यक्रमहरुमा दर्शकहरुले मनपराएको उनको यो नयाँ गीत अहिले लिरिकल भिडियोको रुपमा रिलिज गरिएको छ । २०५५ सालमा गंगा बरदान भाग–१ , २०५७ मा भाग–२ र २०६० मा भाग–३ एल्बम बजारमा ल्याएका गायक बरदानले त्यसयता कुनै एल्बम तथा गीतहरु बजारमा ल्याएका थिएन।
२०२५ सालमा भोजपुरको दिङ्गलामा आयोजित जिल्लाब्यापी लोकगीत प्रतियोगितामा आफ्नै संकलनमा दाई त काले भाई पनि काले गीत गाएर गंगा वरदान प्रथम भएका थिए । यस्तै, २०३१ सालमा धरानमा आयोजित पुर्वान्चल ब्यापी लोकगीत तथा नृत्य प्रतियोगितामा छपनीले छान छान डबकीले हान…गीत गएर प्रथम भएका थिए ।
२०३५ सालमा रेडियो नेपालमा कहाँमा काट्यो बेतको लौरी आफ्नै शब्द, संगीत र स्वरमा रेकर्ड गरेका थिए। हाइकिङ्ग बाबाको रुपमा परिचित सेवक अभियानका अभियानकर्ता राजिव हलवाईको रचना तथा वरदानकै संगीत रहेको यो गीतमा सृजन नेपालको संगीत संयोजन तथा मिक्सिङ्ग रहेको छ । यो गीतको भिडियो समेत चाडै बनाइने भएको छ।
उमेरले ६९ टेकेका गायक वरदान गीत ९संगीतमा लागेको पनि ५० बर्ष बितिसकेको छ । उनी आफ्ना केही पुराना गीतहरु समेत आफ्नो स्वरमा फेरि रेकर्ड गर्ने योजनामा छन्।
भिडियो लिङ्क

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार