गाउँमा एम्बुलेन्स ल्याउन गायक भिषण मुकारुङले गरे आर्थिक सहयोग


भोजपुर । सामाजिक परोपकारी कामलाई कमै प्राथमिकता दिईन्छ । व्यक्तिगत भन्दा पनि सामुहिक भावनाले मात्र सामाजिक काममा हात बढाउने भेटिन्छन् । एकल प्रयासमा कमै व्यक्तिहरु सामाजिक उत्थानमा लागेका हुन्छन् । तर तीमध्ये सामाजिक हितका लागि आफ्नो एकल प्रयासमा जुटेका एक प्रतिबिम्ब हुन्, लोकप्रिय गायक भिषण मुकारुङ राई ।
पछिल्लो समय संगितसंगै सामाजिक भलाई र परोपकारी काममा पनि लोकप्रिय गायक राई जुटेका छन् । गत असोज ६ गते काठमाडाैको नाँचघरमा भएको आफ्नो एकल साँझबाट संकलित १ लाख रुपैँया उनले नेपाल ज्येष्ठ नागरिक संरक्षण संघ अन्नपूर्णबाट सञ्चालित एम्बुलेन्स व्यवस्थापन सहयोगार्थ सहयोग गरेका हुन् । एम्बुलेन्स अभावमा आफ्नो जन्मभूमि टेम्केमैयुङ गाउँपालिकाका नागरिकले अकालमै ज्यान गुमाउने विगतका समस्यालाई समाधान गर्न एम्बुलेन्स खरिदका लागि व्यक्तिगत रुपमै सहयोग हस्तान्तरण गरेको गायक राईले बताए ।
‘ठुलो सहयोग गर्न नसकेपनि सामाजिक हितका लागि यो मेरो पहिलो प्रयास हो, यसबाट अन्य सहयोगी मनहरुको पनि हातेमालो होस् भन्ने चाहान्छु, जसले मेरा गाउँमा एम्बुलेन्स ल्याउने सपना पुरा होस्’ गायक राईले थपे, ‘जसरी वर्षौदेखि मेरो गाउँमा एम्बुलेन्स अभावले अकालमै ज्यान गुमाउनुपर्ने स्थिती छ, त्यस्तो जोखिम भविष्यमा नहोस्, मेरो गाउँले दाजुभाई तथा दिदीबहिनील् चाँडै सुलभ एम्बुलेन्सको सेवा उपभोग गर्न पाओस् यहि कामना छ, सहयोगी मनहरुप्रति पनि सहयोगका लागि आव्हान गर्न चाहान्छु’ विशेषगरि उनी जन्मेको टेम्केमैयुङ गाउँपालिकाका दुर्गम ग्रामीण भेगका नागरिकले एम्बुलेन्स अभावमा वर्षौदेखि खेप्नुपरेको सास्तीलाई कम गर्न एम्बुलेन्स खरिदका लागि उनले आर्थिक सहयोग गरेका हुन् ।
विशेषगरि टेम्केमैयुङ गाउँपालिकाका ९ वटै वडाका ग्रामीण भेगमा स्वास्थ्य सेवा लिन अझै सकस पर्ने गर्छ । कतिपय क्षेत्रमा सर्वसाधरण अझै पनि स्टे«चरबाटै विरामी ओसारपसार गर्ने गरेका छन् । गायक राईले गरेको सहयोगप्रति सह्रानीय भाव जनाउँदै गाउँपालिका अध्यक्ष सरोज बस्नेतले पनि गाउँपालिकाले छिट्टै एम्बुलेन्स खरिद गर्ने प्रतिबद्धता जनाए । भने, ‘नागरिकको स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण आवश्यकता हो, एम्बुलेन्स खरिदका लागि गाउँपालिकाले भरपुर सहयोग गर्नेछ, नागरिकको सपना छिट्टै पुरा हुनेमा म विश्वस्त छु’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार