भोजपुरमा पनि पुन:हवाइ उडान शुरु हुदै

बिरामीलाई थप सहज


भोजपुर। कोभिड–१९ महामारी नियन्त्रणका बन्द गरिएको हवाई उडान भोजपुरमा पनि पुन सुरु हुने भएको छ । कोभिडका कारण बन्द गरिएको आन्तरिक हवाई उडान झन्डै दुई महिनाको अन्तरालपछि पुनः सञ्चालनमा आएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीको दैनिक ६४ उडान सञ्चालन गर्ने गरी उडान तालिका बनाए पछि भोजपुरमा हप्तामा ६ उडान हुने नेपाल बायु सेवा निगम भोजपुरले जनाएको छ ।
निगमका अनुसार आगामी असार २१ गतेबाट सोमवार, मङ्गलवार, बुधवार, बिहीबार, शुक्रवार र शनिवार गरी हप्तामा काठमाडौँ भोजपुर ६ दिन उडान हुने छ । कोभिड सङ्कटका कारण गत वैशाख २० गतेबाट आन्तरिक र वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरिएको थियो ।
उडान पुनः सुरु हुने भएपछि समस्यामा परेका र जिल्लाबाट थप उपचारका लागि काठमाडौँ लानुपर्ने बिरामीलाई थप सहज भएको नेपाल बायु सेवा नियम भोजपुरका प्रमुख प्रकाश खडकाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार