भोजपुरका हेमराज राई मलेसियामा मृत फेला


भोजपुर । भोजपुुरका हेमराज राई खाँडी मुलुक मलेसियामा मृत भेटिएका छन् । जिल्लाको हतुवागढी गाउँपालिका स्थायी घर भएका राई केही वर्षअघि मलेसीया पुगेका थिए ।
मलेसियामा सुरक्षागार्डको रुपमा कार्यरत राई शुक्रबार आफ्नै कोठामा मृत भेटिएका हुन् । केही दिनयता स्वास्थ्यमा समस्या आएपछि उनी कोठामै औषधी उपचार गराइरहेका थिए । मृतक राई रोजगाररत पुत्रजयास्थित कम्पनीसँगको लाश नेपाल ल्याउने विषयमा कुरा भइरहेको बताइएको छ ।
पछिल्लो समय केही दिनअघि मात्र मलेसियामा बिभिन्न समय ज्यान गुमाएका झन्डै तीन दर्जन नेपाली युवाका शव त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल हुदै नेपाल ल्याइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार