क्यान्सर पिडितलाई भोजपुर परिवार दक्षिण कोरिया समाजकोे सहयोग


भोजपुर । भोजपुर परिवार दक्षिण कोरिया समाजले क्यान्सर पिडित रिता कटुवाललाई आर्थिक सहयोग गरेको छ । भोजपुर नगरपालिका १२ टक्सार निवासी पाठेघरको क्यान्सरबाट पिडित कटुवाललाई समाजको पहलमा संकलन भएको ८६ हजार रुपैया आर्थिक सहयोग गरेको हो ।
समाजको तर्फबाट प्रतिनिधि कृष्ण बस्नेतले विरामी कटुवालको छोरा सुजन कटुवाललाई नगद रकम हस्तातरण गरेका हुँ । उपचारको क्रममा रकम अभाव भएपछि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । तीन वर्षको विचमा उपचारको क्रममा १४ लाख वढि रकम खर्च भइसकेको र थप उपचारको लागि रकम अभाव भएको छोरा सुजन कटुवालले बताए । सहयोगी मनहरुलाई धन्यवाद दिदै समाजले गरेको आर्थिक सहयोगले आमाको किमो थेरापि गराउन सहयोग पुगेको कटुवालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार