भोजपुरमा मनाइयो कर दिवश, उठ्यो १९ करोड वढि कर


भोजपुर । दशौ राष्ट्रिय कर दिवश विभिन्न कार्यक्रम गरि मनाइएको छ । करदाता सेवा कार्यालय भोजपुरको आयोजनामा पहिलो पटक प्रभात फेरी सहित कार्यक्रम आयोजना गरिएको हो ।
सदरमुकामको स्थित डाडाँगाउबाट उद्योग वाणिज्य संघको कार्यालयसम्म प्रभात फेरी गरिएको थियो । उक्त कार्यक्रममा सरकारी निकायका प्रतिनिधि उद्योगि व्यवसायि लगायतको सहभागिता रहेको थियो । उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा राष्ट्रिय कर दिवशको उद्घाटन प्रमुख जिल्ला अधिकारी वासुप्रसाद कोइरालाले गरेका थिए ।
कार्यक्रममा निमित्त कोष तथा लेखा नियन्त्रक भक्तिप्रसाद भट्टराई, उद्योग वाणिज्य संघ भोजपुरका अध्यक्ष धुव्रलाल श्रेष्ठ, नेपाल पत्रकार महासघ भोजपुरका अध्यक्ष एक्सन राई लगायतले कर दिवशको अवशरमा शुभकामना मन्तब्य राखेका थिए । जिल्लामा करदाता सेवा कार्यालय स्थापना भएपछि १९ करोड बढि कर संकलन भएको करदाता सेवा कार्यालय भोजपुरका कर अधिकृत रुपक न्यौपानेले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार