भाेजपुरमा मानब कंकाल फेला, सनाखत हुन सकेन


भाेजपुर । भाेजपुरमा प्रहरीले सडेर गलिसकेकाे अवस्थामा मानब कंकाल फेला पारेकाे छ ।

भोजपुरकाे हतुवागढी गाँउपालिका-१, टुनिबोटे स्थितमा हतुवागढी देखि चतरा जाने पुरानो गोरेटो बाटोवाट सय मिटर तल भिर मुनि उक्त मानव कंकाल फेला पारेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय भाेजपुरका अनुसार जमिनमा नाम थर ठेगाना नखुलेको कम्मर देखि माथि शरिरको अंग मेरुडण्ड र केहि करङगको हड्डी मात्रै भएकोअन्य शरिरको भाग जंगली जनवारले लुछेको जस्तो अवस्थामा फेला पारेकाे जनाएको छ ।

कम्मर मुनिको भागमा निलो रङगको पाईन्ट लगाएको, लास सँगै नजिकै निलो रङको प्लाष्टीकको चप्पल (बाँया खुट्टाको) रहेको पुरुष मानिस जस्तो देखीने मानव कंकाल फेला परेको जनाएको हाे ।

मानव कंकाल बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको शव गृहमा राख्न पठाईएको प्रहरीले बताएको छ ।

उक्त शव सनाखत हुन नसकेपछि मानव कंकाल पहिचान, सनाखत कार्यको लागी कोहि कसैको आफन्त मानिस हराईरहेको र सो बेवारिस मानव कंकालको साथमा फेला परेका निम्न चिज बस्तुसँग मेल खाएमा जिल्ला प्रहरी कार्यालय भाेजपुरमा सम्पर्क गर्न अनुराेध गरेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार