भोजपुरको अरुण डाँडामा २२ गतेबाट महोत्सव हुँदै


भोजपुर । पर्यटनको प्रवद्र्धनको लागि यहि मंसिर २२ गतेबाट अरुण डाँडा पर्यटन प्रवद्र्धन महोत्सव २०७९ को आयोजना गरिएको छ । ‘‘पौवादुङमा गाउँपालिकाको उत्सव, हाम्रो पहिचान संस्कृति सम्पदा आन्तरिक तथा वाह्य पर्यटन महोत्सव’’ भन्ने मूल नारासहित पर्यकियस्थल पौवादुङमा १ अरुण डाँडामा ६ दिनसम्म महोत्सबको आयोजना गरिएको हो ।

महोत्सवमा आगन्तुकहरुलाई लक्षित गरेर स्थानीय विभिन्न जातजातिको खानाको परिकार, कृषि प्रर्दशनी, विभिन्न सस्कार सस्कृतिको प्रर्दशनीसँगै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने अरुण प्रर्बद्धन समितिका अध्यक्ष संजिब शुब्बाले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

अध्यक्ष शुब्बाले भने,‘ हाम्रो गाउँपालिकामा रहेका पर्यटकिय क्षेत्रहरुको विकास तथा प्रचार प्रचारको लागि महोत्सवको आयोजना गरिएको छ । यसले यहाँका पर्यटकिय क्षेत्रसँगै भाषा सस्कारका संस्कृतिको उत्थानमासमेत टेवा पुग्ने हामीले विश्वास लिएका छौँ ।’’

महोत्सवमा पर्यटनलाई प्रबर्दन गर्ने खालका सामाग्रीहरुको स्टल, बिभिन्न भाषाभाषी र जात जातीहरुको सस्कार झल्काउने प्रदर्शनी, स्थानीय खाना तथा यहाँका स्थानीयको कृषि उत्पादनको प्रर्दशनीसमेत रहने छ ।

महोत्सवले स्थानीयस्तरमा उत्पादित बस्तुहरुको बजारिकरण तथा जिल्लाका पर्यटकिय स्थलहरुको प्रचार प्रसारमा प्रत्यक्ष रुपमा लाभ पुग्ने समितिका सचिव सरोज चाम्लिङ राई जानकारी दिए ।‘‘हाम्रा पर्यटकिय ठाउँको पहिचानको लागि महोत्सवको आयोजना गरेका छौँ’’ सचिव चाम्लिङले भने,‘‘ महोत्सवमा पर्यटकलाई आर्कषण गर्ने विभिन्न प्रर्दशनीहरु रहने छन् । महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकको आवगमनसमेत बृद्धि हुने हाम्रो अपेक्षा छ ।’’

महोत्सवमा पर्यटनलाई प्रबर्दन गर्ने खालका सामाग्रीहरुको स्टल, बिभिन्न भाषाभाषी र जात जातीहरुको सस्कार झल्काउने प्रदर्शनी, स्थानीय खाना तथा यहाँका स्थानीयको कृषि उत्पादनको प्रर्दशनीसमेत रहने भएकोले यसले यहाँको मौलिकताको विषयमा पर्यटकलाई जानकारी दिने गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिइन् ।

पर्यटन क्षेत्रको विकासमा गाउँपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । अरुण डाँडा धार्मिक तथा पर्यटकिय हिसाबले महत्वपूर्ण रहेकोले यहाँको विकास तथा प्रचार प्रसारकोे लागि महोत्सव गर्न दश लाख बजेट विनियोजन गरेको उनले बताए ।

‘‘हामी यहाँका सम्पूर्ण धार्मिक तथा पर्यटकिय क्षेत्रको विकासमा योजनाबद्ध रुपमा अघि बढेका छौँ’’ अध्यक्ष राईले भने,‘‘ अरुण महोत्सव सञ्चालनको लागि गाउँपालिकाले सहयोग गरेको छ । यहाँका पर्यटकिय सम्भावाना बोकेका ठाउँहरुको विकासमा हामीले लागि परेका छौँ । यसले गाउँपालिकाको आर्थिक विकासमा सहयोग पु¥याउने छ ।’’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार