भोजपुरमा सत्ता गठबन्धनको सुरुवाती अग्रता कायमै, राजेन्द्रलाई पछ्याउँदै हरिबहादुर


भोजपुर । प्रतिनिधि तथा प्रदेशसभाको मतगणना चलिरहँदा भोजपुरमा सत्ता गठबन्धनको सुरुवाती अग्रता देखिएको छ । भोजपुर प्रदेशसभा क्षेत्र नं १ तर्फ गठबन्धनका साझा उम्मेदवार तथा मुख्यमन्त्री राजेन्द्र कुमार राईले सुरुवाती अग्रता कायम राखेका छन् ।
प्रदेशसभा क्षेत्र नं १ को कुल ३ हजार ९ सय २८ मत गणना हुँदा राजेन्द्रले कुल २ हजार ४४ मत ल्याएका छन् । उनलाई पछ्याउने क्रममा एमालेका हरिबहादुरले कुल १ हजार ४ सय ३८ मत ल्याएका छन् ।
यस्तै भोजपुरको प्रतिनिधीसभातर्फ पनि गठबन्धन अघि देखिएको छ । प्रतिनिधीसभाको कुल ३ हजार एकसय २४ मत गणना सकिँदा गठबन्धनबाट साझा उम्मेदवार बनेका माओवादी केन्द्रका सुदन राईले कुल १ हजार ५ सय ४१ मत र पूर्वमुख्यमन्त्री तथा एमालेका उम्मेदवार शेरधन राईले कुल १ हजार ८५ मत प्राप्त गरेका छन् ।
राजेन्द्रकुमार राई र हरिबहादुर राई । तश्विर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार