भोजपुर सेवा समाज इजरायलको अध्यक्षमा सुमिन पाख्रिन


भोजपुर ।  गृह जिल्ला भोजपुर भएर हाल इजरायलमा बसोवास गर्दै आइरहेका भोजपुरेहरुको संस्था भोजपुर सेवा समाजको अध्यक्षमा सुमिन पाख्रिन चयन भएका छन ।
समाजको छैटो साधारण सभाबाट पाख्रिनको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति निर्माण भएको हो । साधारणसभाले वरिष्ठ उपाध्यक्षमा झकिन्द्र खतिवडा, उपाध्यक्ष मछिन्द्र तामाङ, सिता बिष्टलाई चयन गरेको छ भने महासचिव सुनिता गुरुङ र कोषाध्यक्षमा रोजी गोले रहेका छन ।
समिति सदस्यहरुमा भने क्रमश नमुना दाहाल, जीवन गोले, तेज गोले तामाङ, अन्जु भट्टराई, बिकास पाख्रिन र सरिता लुईटेल छन । यस्तै साधारण सभाले समाजको संरक्षकहरुमा कृष्ण रायमाझी, बिष्णु पाख्रिन, अनु थापा चयन गरेको लछ । समाजको प्रमुख सल्लाहकार इन्दिरा अधिकारी र सल्लाहकार सरस्वती राई छन । आफुहरु मुलुक बाहिर रहे पनि आफनो ठाउँ र मुलुकका लागि केही गर्ने उद्धेश्यका साथमा समाजको गठन गरिएको अध्यक्ष पाख्रिनले बताए ।
उनले भने, “ जहाँ रहे पनि आफु जन्मेको ठाउँ स्वर्ग भन्दा पनि प्यारो हुन्छ, भोजपुर जिल्लाको समग्र बिकासमा केही टेवा पुर्याउने उद्धेश्यले हामी एकजुट भएका हौ ।” यो संस्था २०१७ मा स्थापना भएको थियो । जिल्लामा मात्र नभएर समाजका हरेक क्षेत्रमा समस्या पर्दा यो समाजले सहयोग गर्दे आई रहेको बताउँदै अध्यक्ष पाख्रिनले प्रवासमा रहेका सवै भोजपुरेहरुलाई एकिकृत गरी आफनो ठाउँ, संस्कृति, भौगोलिक अवस्थाको पहिचानका लागि संस्था बनेकाले यसले सवै पक्षसँग सहकार्य र समन्वय गर्दे अगाडी बढने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार