भोजपुरमा बाढीपहिरो र आगालागीबाट क्षति हुन नदिन नमुना अध्यास (फाेटाे फिचर)


भोजपुर । बाढीपहिरो र आगालागीबाट क्षति हुन नदिन नमुना उद्धार अभ्यास प्रदर्शन गरिएको छ । वर्षायाम सुरु भएसँगै बाढी पहिरोबाट र हिउँदकाे समयमा आगालागीबाट बच्ने उपायबारे नमुना अभ्यास प्रदर्शनी गरिएको छ ।
पहिरोबाट बच्ने उपायबारे जनचेतना जगाउने उद्धेश्यका साथ जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा अभ्यास गरिएको हो । विपदका समयमा उद्धार, उपचार र राहात वितरणलाई प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर अभ्यास गरिएको नेपाल रेडक्रस सोसाइटी भोजपुरका सभापति तुलहादुर सुब्बाले बताए ।
अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले पहिरोबाट प्रभावितको उद्धारसम्बन्धी प्रदर्शनी गरेका थिए । बाढीपहिरोमा कसरी र कुनकुन माध्यम उपयोग गरेर मानवीय सहयोग गर्न सकिन्छ भन्ने अभ्यास गरिएको थियो । नमुना अभ्यासमा भोजपुर नगरपालिका जिल्ला स्थित सरकारी कार्यालय, नेपाल रेडक्रस सोसाइटी, जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य, र सामाजिक संघ संस्थाका प्रतिनिधि समेतले उपस्थिती जनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार