भोजपुरमा आचरसंहिता विपरित सांसदले गरे मन्दिर उद्घाटन


भोजपुर । भोजपुरमा संघीय सांसदले नै निर्वाचन आचरसंहिता उलङ्घन गरेका छन् । निर्वाचन आयोगले उद्घाटन, शिलान्यास लगाएतका कार्यक्रम गर्न नपाइने भनेपनि संघीय सांसद सुदन किरातीले नै मन्दिर उद्घाटन गरेका हुन् ।

सांसदले मञ्चमा गएर उद्घाटन गरेको विषयमा भने जिल्ला प्रशासन, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालयसँगै प्रहरी नै बेखवर रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोईरालाले भने,‘ हामीलाई यस्तो कार्यक्रमको विषयमा जानकारी छैन । के भएको हो भन्ने विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग छलफल गरेर त्यसको जानकारी लिन्छौँ ।’
प्रमुख जिल्ला अधिकारीले यसो भनिरहँदा पनि उद्घाटन भएको स्थान भने जिल्ला प्रशासन कार्यालयबाट करिव सय मिटरको दुरीमा रहेको छ ।
स्थानीयहरुले भने निर्वाचन आचारसंहिता विपरित काम हुँदा पनि सरोकारवाला पक्ष मौन रहेको बताएका छन् । बैशाख ३० गते स्थानीय तहको निवाचन घोषणा भए पश्चात चैत २५ गते देखि निर्वाचन संम्वन्धी आचार संहिता लागु भएको छ ।
निर्वाचन सम्पन्न नभएसम्म निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै प्रकारका उद्घाटन तथा सिलान्यास गर्न नपाईने भएपनि सांसद किरातीले शक्तीको आडमा आचरसंहिता विपरित काम गरेको एमालेका नगर कमिटी उपसचिव सुमन प्रधानले बताए ।
प्रधान भने,‘ यहाँ शक्तिको आडमा आचरसंहिता विपरित काम भइरहेका छन् । आफ्नै कार्यालय अघि उद्घाटन भएको जिल्ला प्रशासनले नदेख्ने, थाहा नपाउने पनि कहि हुन्छ । आचरसंहिता कार्यान्वयनमा सरोकारवाला पक्षले ध्यान दिन आवश्यक छ ।’
बुधवार विहान किरातीले भोजपुर नगरपालिका ९ स्थित ‘श्रीमाई बज्रयोगिनी मन्दिरको उद्घाटन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार