तामाङ पत्रकार संघ १ नं. प्रदेश समितिद्धारा दुई अध्यक्ष सम्मानित


भोजपुर । तामाङ पत्रकार संघ १ नं. प्रदेश समितिले दुई तामाङ अध्यक्षहरुलाई सम्मानित गरेको छ । आदिवासी जनजाती पत्रकार महासंघ १ नं. प्रदेश समितिका अध्यक्ष सन्तवीर मोक्तान तामाङ र भोजपुर उद्योग वाणिज्य संघका अध्यक्ष कर्ण मोक्तान तामाङलाई सम्मान गरेको हो ।

तामाङ पत्रकार संघद्धार आयोजित ५ दिने खोजमुलक पत्रकारीता तालिमको समापनको अवसरमा दुई अध्यक्षलाई संघले सम्मान गरेको हो । उनिहरुलाई खादा र सम्मान पत्रद्धार सम्मान गरिएको तामाङ पत्रकार संघका उपाध्यक्ष मकर तामाङले जानकारी दिए ।

आदीवासी जनजाती पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष सन्तवीर लामा २०५५ सालदेखि निरन्तर निश्पक्ष पत्रकारीता गर्दै आएका छन् । उनि विभिन्न समयमा विभिन्न आदिवासी जनजाती पत्रकारहरुको हक हितको विषयमा मुद्धाहरु उठाउँदै आएका थिए । उनि आदिवासी जनजाती पत्रकार महासंघको धनकृुटा शाखाका दुई कार्यकाल अध्यक्ष रहेका थिए । मोक्तान तामाङ पत्रकार संघको निवर्तमान अध्यक्ष रहेर प्रदेश नं. १ मा रहेको १४ जिल्लामध्ये उनको कार्यकालमा ८ जिल्लामा तामाङ पत्रकार संघको जिल्ला शाखाहरुको स्थापना गरेका थिए । उनि २०७८ मंसिर २७,२८ र २९ मा भएको आदिवासी जनजाती पत्रकार महासंघ प्रदेश नं. १ को दोस्रो प्रादेशिक महाधिवेशनबाट सर्वसहमत निर्वाचित भएका थिए ।

उनले चालेको आदिवासी जनजाती पत्रकारहरुको विषयमा उठएका मुद्धा साथै तामाङ पत्रकार संघ प्रदेश नं. १ मा उत्कृष्ट कार्यक्रमहरु गर्दै संस्थालाई उच्च स्थानमा राख्न महत्वपुर्ण भुमिका निर्वाह गरेका कारण साथै आदिवासी जनजाती पत्रकार महासंघका अध्यक्षमा निर्वाचित भएकोमा सम्मान गरिएको समेत तामाङ पत्रकार संघ १ नं. प्रदेश समितिले जनाएको छ ।

साथै समाज सेवामा लामो समय अगाडीदेखि काम गर्दै आउनु भएका व्यवसायी उद्योग वाणिज्य संघको उपाध्यक्ष तथा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिका अध्यक्ष कर्ण मोक्तान भोजपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सर्वसहमत निर्वाचित भएकोमा मोक्तानलाई सम्मान गरिएको संघले जनाएको ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार