पाँचौ खुल्ला पुरुष डवल व्याडमिन्टन प्रतियोगिता सुरु


भोजपुर । पाँचौ खुल्ला पुरुष डवल व्याडमिन्टन प्रतियोगिता आज देखि सुरु भएको छ । दिङ्ला व्याडमिन्ट संघको आयोजना तथा षडानन्द नगरपालिका वडा नं. ४ को प्रायोजनमा प्रतियोगिता सञ्चालन भएको हो । नयाँ बर्ष २०७९ सालको अवसरमा पारेर संघले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता दिङ्ला बजारमा रहेको कर्वडहलमा चैत्र २८ गतेदेखि चैत्र ३० गते सम्म सञ्चालन हुने छ ।

संघले प्रत्येक बर्ष सहिद दिवसको अवसरमा पारेर प्रतियोगिता आयोजना गर्दै आएको थियो । तर विश्व माहामारी कोरोना भाईरसको कारण यो बर्ष प्रतियोगिता रोकएको थियो । संस्करणलाई निरन्तरता दिनको लागि पाँचौ खुल्ला व्याडमिन्टन प्रतियोगिता नयाँ बर्षको अवसरमा आयोजना गरिएको दिङ्ला व्याडमिन्ट संघका पुर्व अध्यक्ष राजकुमार तामाङले बताए ।

विगत बर्षहरुमा संस्करण निरन्तर हुँदै आएपनि भौतिक अवस्था अपुग रहेको थियो विभिन्न क्षेत्रबाट आर्थिक स्रोत तथा बजेट व्यवस्थापनले कर्वडहलमा भौतिक पुर्वधारहरु जोडिँदै गएकोले आगामी बर्षहरुमा संस्करण अझ वृहत हुने दिङ्ला व्याडमिन्टन संघका अध्यक्ष रमेश श्रेष्ठले बताए ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा षडानन्द नगरपालिका वडा नं. ४ का वडाध्यक्ष किशान राईले आफु निर्वाचित भएदेखिनै व्याडमिन्टन प्रतियोगिताको लागि आवाश्यक बजेट विनियोजन गर्दै आईरहेको बताए ।

प्रतियोगितामा सहभागी खेलाडीहरुलाई कार्यक्रममा प्रमुख अतिथि तथा षडानन्द नगरपालिका प्रमुख वीरबल राई र विशेष अतिथि षडानन्द नगरपालिकाकी उप–प्रमुख मेरिका राईले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार