संखुवासभा अपडेटः मृतकको संख्या १४ पुग्यो, घाईते उद्धारको लागि हेलिकोप्टर आउँदै


भोजपुर । संखुवासभाको मादीमा यात्रुवहाक बस दुर्घटनामा मृतकको संख्या १४ पुगेको छ । मादि ६ को सातघुम्तिमा भएको बस दुर्घटनामा परेर हालसम्म १४ जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरिक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

बिहिबार बिहान ७ः ३० बजे ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस मादिको सातघुम्तिमा दुर्घटनमा परेर मृत्यू हुनेको पहिचान भईसकेको छैन । दुर्घटनमा परि घाईते भएका ५ जनाको जिवितै उद्धार गरिएको छ ।

दुर्घटना परेर घाईते हुनेहरुको उद्धारको लागि हेलिकोप्टर पठाईने भएको छ । गृह मन्त्रबलयको निर्देशनपछि यथासिग्र उद्धारको लागि हेलिकोप्टर आउने भएको हो । को थियो ।

घाईतेहरुलाई अहिले घटना स्थलबाट चैनपुर लगिएको छ चैनपुरबाट हेलिहकोप्टर मार्फत घाईतेहरुलाई धरान पठाउने तयारी भईरहेको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए । गाडी सडकदेखि करिब ३ सय मिटर तल खसेको छ गाडीमा यात्रु कति थियो यकिन नभएकोले खोजी कार्य जारी रहेको समेत प्रजिअ खतिवडाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार