एकीकृत समाजवादीले गर्यो भोजपुरमा एमसिसि विरुद्ध विरोध कार्यक्रम


भोजपुर । भोजपुरमा एम.सि.सि सम्झौता विरुद्ध विरोध कार्यक्र गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी निकट भातृसंगठनहरुको संयुक्त आयोजनामा भोजपुर दुई ठुला बजारहरुमा कार्यक्रम सम्पन्न गरेका छन् । जिल्लाको सदरमुकाम र दिङ्ला बजारमा विरोध जुलुस सहित कोणसभा गरि विरोध कार्यक्रम सम्पन्न गरेको छ ।

दिङ्ला बजारमा विरोध ¥यालि

दिङ्ला बजारमा भएको विरोध कार्यक्रमको कोणसभामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) षडानन्द नगर कमिटीका सचिव विशाल राई र अध्यक्ष हरि भित्रिकोटीले सम्वोधन गरेका थिए । सम्वोधन गर्ने क्रममा दुबै वक्ताहरुले एम.सि.सि कुनै हालतमा पास हुन दिन नहुने बताएका थिए । एम.सि.सि बुझेर पनि अन्य पार्टीहरुले विरोध गर्न हिचकिचाई रहेको पाईएको छ । तर एकीकृत समाजवादी कुनै हालतमा राष्ट्र अहित हुने कार्यको विरुद्धमा रहने अध्यक्ष भित्रिकोटीले बताए । अझै पनि एम.सि.सिलाई गहन अध्ययन गर्न अनुरोध समेत गरे ।

दिङ्ला बजारमा विरोध ¥यालि

त्यस्तै जिल्लाको सदरमुकाममा भएको विरोध कार्याक्रममा अनेरास्ववियू जिल्ला कमिटी अध्यक्ष प्रकाश सिं राईले विरोध कार्यक्रममा संवोधन गरेका थिए । सम्वोधनमा अमेरिकाको प्रचलित कानुन हरु मान्नु पर्ने र भविष्यमा पनि जस्तोसुकै कानुन मान्नु पर्ने, इराक हमाला, अफगानिस्तान जस्तो हुने र यस्का सर्तहरु नेपालको संविधान भन्दा माथी रहेको कारण देश घाती रहेको उनले बताए ।

दिङ्ला बजारमा भएको विरोध ¥यालि सीताराम मन्दिरदेखी बजार परिक्रमा गरि दिङ्ला बजारको चोकमा कोण सभा भएको थियो भने सदरमुकाममा भएको कार्यक्रम पार्टी कार्यालयदेखि विरोध ¥यालि सुरु भई चार भञ्ज्याङमा कोणसभा गरि सम्पन्न भएको हो ।

उनिहरुले विरोध ¥यालिमा एम.सि.सि. चाहिदैन देश बेच्न पाईदैन, राष्ट्रघाती दलालहरु होसियार, अमेरिकी साम्राज्यवाद मुर्दावाद, एम.सि.सि. खारेज गर, राष्ट्रभक्त शक्तिहरु एक हौं , एकीकृत समाजवादी जिन्दावाद जस्ता नारा लगाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार