भोजपुरका ९ पालिकामा एमालेको अधिबेसन, ६७५ जनाले नयाँ जिम्मेवारी पाउने


भोजपुर । जिल्लाका ९ वटै स्थानीय तहमा नेकपा एमालेको पालिका अधिबेशन हुँदैछ । आसन्न १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गत मंगलबार जिल्लाका २ नगरपालिका र ७ गाउँपालिकामा पालिका अधिबेसन शुरु भएको हो ।
एमालेको पालिका अधिबेसनबाट पदाधिकारी सहित ७५ सदस्यीय पालिका कमिटि गठन हुने व्यवस्था छ । पालिका अधिबेसनले जिल्लाका ७५० नेताले नयाँ जिम्मेवारी पाउने एमालेले जनाएको छ । पालिका कमिटिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उप–सचिव र सदस्य चयन गरिने छन् । पालिका अधिबेसन सर्वसहमतीय ढंगबाट टुंग्याइने उपध्याक्ष शरणकुमार राईले बताए । षडानन्द नगरपालिकामा पुरै वडामा वडा अधिवेशन गर्न बाँकी रहेको छ भने र आमचोक गाउँपलिका वडाको अधिवेशन सकिएको छ बाँकी पालिका अधिबेसन सर्वसहमतीय ढंगबाट टुंग्याइने छ उपाध्यक्ष राईले बताए ।
पालिका अधिबेसनका लागि जिल्लाका ८१ वडामध्ये ६ कात्तिकदेखि ८ कात्तिकसम्ममा ६७ वडाको अधिबेसन सकिएको छ ।
८१ वडा अधिबेसनबाट २ हजार ५ सय ११ वडा स्तरिय नेता तथा कार्यकर्ताले वडामा नयाँ जिम्मेवारी पाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार