भाेजपुरका विजय भुजेलले गरे थ्री स्टारसँग सम्झौता नवीकरण


भोजपुर । भोजपुरका विजय भुजेलले ललितपुरस्थित थ्री स्टार क्लबका फरवार्डमा सम्झौता नवीकरण गरेका छन्। थ्री स्टारले शनिबार फरवार्ड विजयले सम्झौता नवीकरण गरेको जनाएको छ ।
सहिद स्मारक एु डिभिजन लिग आउनै लाग्दा थ्री स्टारले विजयसँगको सम्झौता नवीकरण गरेको हो। ए डिभिजन लिग यही कात्तिक २९ देखि हुँदैछ। उनले अघिल्लो सिजन पनि पनि थ्री स्टारबाट खेलेका थिए।
थ्री स्टारले शुक्रबार गोलकिपर प्रिसोसँगको सम्झौता पनि नवीकरण गरेको थियो। थ्री स्टारले कप्तान विक्रम लामा, डिफेन्डर अनन्त तामाङ, निराजन महर्जन, मिडफिल्डर मिक्छेन तामाङ, सन्जोक राई, मनाग्य नकर्मी र निशान खड्कासँगको सम्झौता नवीकरण गरेको छ।
गोलकिपर अरुण ब्लोन, डिफेन्डर आश्विन भट्टराई, युवा विङ्गर ऋतिक खड्का, मिडफिल्डर लाकेन लिम्बु, मिडफिल्डर आयुश घलान, डोना थापा र डिफेन्सिभ मिडफिल्डर राफायल बिडीएस रिमलाई पनि क्लबले भित्र्याएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार