भोजपुरमा ६ जनप्रतिनिधिले एकीकृत समाजबादीमा गरे सनाखत


भोजपुर। नेकपा एमालेका तत्कालिन २ सय १२ जना स्थानिय तहमा निर्वाचित जनप्रतिनिधि मध्ये ६ जनाले नयाँ पार्टी नेकपा एकीकृत समाजवादी रोजेका छन । एमाले विभाजन भएर बनेको नयाँ पार्टीमा ३ प्रतिशतको हाराहारिमा जनप्रतिधिले जिल्ला निर्वाचन कार्यालय भोजपुर पुगेर सनाखत गरेका हुन ।
मंगलबार जिल्ला निर्वाचन कार्यालयमा पुगेर भोजपुर नगरपालिका उप मेयर ममिता राई, वडा सदस्य राधिका तामाङ, टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष इन्द्रवती राईले नेकपा एकीकृतमा सनाखत गएका हुन् ।
त्यस्तै, षडानन्द नगरपालिकाका कार्यपालिका सदस्यद्धय सुमन राई, गोविन्द विक र वडा सदस्य विशाल राईले नेकपा एकीकृतमा सनाखत गराएको उपमेयर ममिता राईले जानकारी दिइन् । जिल्ला निर्वाचन कार्यालय भोजपुरले साँझ ५ बजेसम्म सनाखत गर्ने समय रहेको थियाे ।

यस अघिनै प्रदेश सभा सदस्य राजेन्द्र कुमार राई राष्ट्रिय सभा सदस्य जयन्ती राईले नेकपा एकीकृत समाजवादीमा सनाखत गराई सकेका छन् । लोसपामा भने ४ बजेसम्म कसैले पनि सनाखत नगराएको निर्वाचन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार