भोजपुर । रामप्रसादराई गाउँपालिका ४ दलगाउँमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । एक कार्याक्रमका वीच प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद भण्डारी र रामप्रसादराई गाउँपालिका अध्यक्ष विजय राईबाट संयुक्त रुपमा चौकीको उदघाटन गरिएको हो ।
अस्थाइ चौकी हाल गाउँपालिकाले उपलब्ध गराएको पुरानो वडा कार्यालयमा राखिएको छ । जनताको माग र सरोकारवाला निकायको पहलमा चौकी स्थापना भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) राजकुमार राईले बताए ।
चौकी सञ्चालनका लागि आवश्यक सहयोग गाउँपालिकाले गर्ने गाउँपालिका अध्यक्ष विजय राईले बताए । अस्थाइ प्रहरी चौकिमा प्रहरी नायब निरिक्षक (सइ) मोहन विक्रम कार्कीको नेतत्वमा पाँच जना प्रहरी खटिएको छ । प्रहरी चौकी स्थापना संगै शान्ति शुरक्षाको प्रत्याभुति हुने वडा अध्यक्ष फौद सिं कार्कीले बताए ।