पौवादुङमा गाउँपालिकाको नवौं गाउँसभा सम्पन्न, ३८ करोड बढी बजेट प्रस्तुत


भोजपुर । पौवादुङमा गाउँपालिकाको नवौं गाउँसभा सम्पन्न भएको छ । सभाले ३८ करोड ६० लाख ६५ हजार १० रुपैया बराबरको बजेट पारित गरेको छ ।
सभाले विगतका कामलाई निरन्तरता दिदै गाउँपालिकाको गौरवको आयोजना रुपमा तिवारीभञ्याङ– मानेडाँडा–अँधेरीघाट सडकको लागि तीन करोड ९२ लाख ३६ हजार रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता दिपक साम्पाङले जानकारी दिए । त्यस्तै सानोदुम्मा, ठुलोदुम्मा खानेपानी आयोजनालाई दुई करोड ४९ लाख बजेट विनियोजन भएको छ ।
सभाले समग्रमा चालु तर्फ ५९.५५ प्रतिशत र पुँजीगत तर्फ ४०.४५ प्रतिशत खर्च गर्ने गरी योजना तथा कार्यक्रम बनाएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष किरण राई अध्यक्षतामा भएको सभामा गाउँपालिका उपाध्यक्ष सम्झना राईले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेको गाउँपालिकाको प्रेश विज्ञप्तीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार