भोजपुर । भोजपुर नगरपालिकामा असोज १ गते देखि नियमित रूपमा विद्यालय संचालन हुने भएको छ । आइतबार भोजपुर नगरपालिकाको मेयर कैलासकुमार आलेको अध्यक्षतामा बसेको शिक्षा समितिको बैठकले विद्यालय संचालन गर्ने निर्णय गरेको भोजपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख पदमबहादुर प्रधानले बताए ।
हाल विश्वभर फैलिएको कोभिड १९ कोरोना महामारीको कारण शैक्षिकसत्र शुरूवातसंगै नियमित पठनपाठन हुन सकेको छैन । वैठकले आगामी असोज १ गते आइतबारदेखि स्वास्थ्य मापदण्ड पूरा गरेर विद्यालयमै कक्षा संचालन गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख पदमबहादुर प्रधानले बताए ।