भोजपुरसँगै कोशी प्रदेशमा ट्राफिक सप्ताह कार्यक्रम सम्पन्न


भोजपुर। भोजपुरमा ट्राफिक सप्ताह कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको आयोजनामा असार ६ गते देखि शुरु भएको ट्राफिक सप्ताह कार्यक्रम बुधबार सम्पन्न भएको हो ।
यस अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुरले बिभिन्न सचेतनामुलक कार्यक्रमहरु गरेका छन् । जस अन्तर्गत सवारी चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरिएको थियो । तिव्र गति र स्वास्थ्यमा आएको खराबीका कारण दुर्घटना हुन सक्ने भन्दै सडकमै चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गराईएको छ ।
यस्तै, ट्राफिक नियम सम्बन्धि जनचेतनामुलक सन्देश प्रबाह, पैदल यात्रीका सहजताका लागि जेब्रा क्रसिङ निमार्ण, यात्रुबाहक सवारी साधनमा आरक्षण सिट चेकजाच, लामो दुरीको यात्रामा अनिवार्य दुई जना चालक राख्नु पर्ने विषयमा कडाई, जनचेतना मुलक पर्चा पम्प्लेट वितरण तथा गाडीका झल्लर हटाउने कार्य, तथा स्टिकर टास लगायतको गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुरका प्रमुख कमलप्रसाद दाहालले बताए । उहाले सडक डिभिजन कार्यालयसंगको समन्वयमा सडकका खाल्डा खुल्डी पुर्ने कार्य समेत गरिएको जानकारी दिए ।
ट्राफिक सप्ताह कार्यक्रम अन्र्तगत नै जिल्ला अस्पताल भोजपुरको प्राविधिक सहयोगमा चालकको उच्च रक्तचाप, यन्त्रिक परीक्षण लगायत मानसिक तथा शारीरिक थकानको पनि परिक्षण गरिएको छ । यसैगरी विभिन्न विद्यालयका शिक्षक विद्यार्थी, यातायात व्यवसायी लगायतलाई ट्राफिक नियम सम्बन्धि कक्षा संचालन गरिएको ट्राफिक प्रहरी सहायक हवल्दार बेनी प्रधानले जानकारी दिए।
सप्ताह कार्यक्रमको भोजपुरका प्रमुख जिल्ला अधिकारी नर बहादुर थापा, सुरक्षा निकायका प्रमुख लगायत सरोकारवाला निकायको उपस्थितिमा भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले औपचारिक रुपमा उद्धघाटन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार