भोजपुरमा मतदाता शिक्षा प्रशिक्षण तथा नमुना मतदान


भोजपुर । मङ्सिर ४ गते हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि भोजपुरमा मतदाता शिक्षा प्रशिक्षण सञ्चालन गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख तोपलाल भुसालले भोजपुर जिल्लाका ९ वटै स्थानीय तहका ९ जना निर्वाचन सम्पर्क व्यक्तिलाई मतदाता शिक्षा तालिम दिएको जानकारी दिए । पालिका अनुसार निर्वाचन सम्बन्धी मतदाता शिक्षा सञ्चालन हुने भएकाले २ नगरपालिका र ७ गाउँपालिकाका निर्वाचन सम्पर्क व्यक्तिलाई प्रशिक्षण दिइएको हो ।
सो क्रममा नमुना मतदानको अभ्यास पनि गरिएको थियो । मतदाता शिक्षालाई प्रभावकारी बनाउन प्रशिक्षणसहित नमुना मतदान अभ्यास गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
भोजपुरमा प्रतिनिधीसभा सदस्यका लागि १२ जना र प्रदेशसभा (क) मा ७ तथा प्रदेशसभा ( ख) तर्फ ६ जना गरि २५ जना चुनावी प्रतिस्पर्धामा छन् । भोजपुरमा कुल एक लाख २३ हजार ३७९ मतदाताले मतदानमा भाग लिनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार