भोजपुर । जनता लक्षित तीन ओटा निर्णय गर्दै वडाध्यक्षले आफ्नो पदभार ग्रहण गरेका छन् । भोजपुरको षडानन्द नगरपालिका वडा नं. ३ का वडाध्यक्ष साङदेम्बा राईले जनतामुखी तीन निर्णयका साथ आफ्नो कार्याकालको सुरुवात गरेका छन् ।
उनले आफ्नो कार्यकालमा सामाजिक सुरक्षा भत्ता (बृद्द भत्ता, अपाङ्ग भत्ता, एकल महिला बिधवा भत्ता) टोल टोल बाटै बितरण गर्ने व्यवस्था, अति बिपन्न बर्गका नागरिकहरुको पहिचान गरेर निशुल्क स्वास्थ्य बिमा गरिदिने र बिपन्न बर्गका जेहेन्दार विद्यार्थीहरुको लागि विद्यालयहरु सङ्ग समन्वय गरेर विद्यार्थीहरुको छनौट गरि छात्रवृत्तिको ब्यबस्था गर्ने निर्णय गर्दै पदभार ग्रहण गरेका छन् ।
निर्णय षडानन्द नगरपालिका वडा नं. ३ बाट सम्पुर्ण निर्वाचित जनप्रतिनिधीहरुको सल्लाह अनुसार भएको वडाध्यक्ष राईले बताएका छन् । वडामा दोस्रो स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस बिच गठबन्धनबाट नेकपा एमालेलाई पराजित गर्दै राई सहित गठबन्धनको प्यानल विजयी भएको थियो । वडाध्यक्ष राई सहित पाँच जना नव निर्वाचित जनप्रतिनिधीहरुले १३ गते शुक्रबार पदभार ग्रहण गरेका हुन् ।