भोजपुर नगरपालिकामा एमालेबाट मेयरमा भरत तामाङ र उपप्रमुखमा निर्मला शेर्पा उम्मेद्धार


भोजपुर । भोजपुर नगरपालिकाको मेयर र उपमेयरको नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले टुंगो लागएको छ । एमालेले बैशाख ३० हुने स्थानीय तह निर्वाचनमा मेयरमा नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य भरत कुमार तामाङ र उपमेयरमा नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य निर्मला शेर्पालाई उम्मेद्धार बनाउने निर्णय गरेको एमाले भोजपुरका जिल्ला उपाध्यक्ष मक्कर खड्काले जानकारी दिए ।

एमालेको आज बसेको नगर कमिटीको बैठकले तामाङ र शेर्पालाई उम्मेद्धार बनाउने निर्णय गरेको हो । १२ ओटा वडाहरुको भने उम्मेद्धारको टुङ्गो लाग्न बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार