क्यान भोजपुर अध्यक्षमा प्रजन राई


भोजपुर । कम्प्युटर एसोशियसन नेपाल महासंघ (क्यान) भोजपुरको आगामी दुई बर्षे कार्यकालका लागि प्रजन राई अध्यक्षमा चयन हुनु भएको छ ।
भोजपुर सदरमुकाममा मंगलवार भएको तेश्रो साधारणसभा तथा दोश्रो जिल्ला अधिवेशनबाट राईको नेतृत्वमा ७ सदस्यीय नयाँ समिति चयन भएको हो । अधिवेशनले उपाध्यक्षमा बिपना शाक्य, सचिव समीर राई, सहसचिव दिपेश राई र कोषाध्यक्षमा अस्मिता राईलाई चयन गरेको छ ।

यस्तै सदस्यमा बविन शाक्य र राजन कोइराला चयन हुनु भएको छ । त्यसैगरी नवनिर्वाचित नयाँ जिल्ला कार्य समितिको आजै बसेको पहिलो बैठकद्वारा क्यान महासंघको विधान अनुसार अञ्चला राई र सुजन श्रेष्ठलाई सदस्यमा मनोनीत गरेको छ ।
मनोनीत गरेको छ ।अधिवेशनबाट चुनिनु भएकाहरूलाई निर्वाचन अधिकृत उत्तम सिं राई, पत्रकार महासंघका अध्यक्ष एक्सन राई, भोजपुरका बरिष्ठ पत्रकार निरोज कोइराला लगायतले कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार