विपन्न दुई दाजुभाइको सहारा बने सुदन किराती


भोजपुर । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुदन किराती विपन्न दुई दाजुभाइको सहारा बनेका छन् । उनी षडानन्द नगरपालिका १० साङ्पाङको छप्ले गाउँका १३ वर्षीय सुदीप राई र १५ वर्षीय सुजित राईको सहारा बनेका हुन् ।

निर्वाचित भएपछि कुनै र्‍याली वा सभा नगर्ने घोषणा गरेका सांसद किरातीले असहाय र दुःखी पीडितको फुसको छाना हटाएर त्यसको ठाउँमा जस्तापाता लगाइदिने वाचा गरेका थिए ।

माओवादी केन्द्र भोजपुर नगर कमिटीका सचिव राजन राईले सुजित र सुदीपलाई भेट्न खाद्यान्न लिएर सुदन किराती पुगेको बताए । शारदा मा।वि झयाउँपोखरीमा सुजित कक्षा ८ र सुदीप कक्षा ७ मा पढ्थे । सांसद किराती उनीहरुको घरमा सहयोग लिएर पुग्दा दुई दाजुभाइ मात्र नभई स्थानीय पनि खुसी भएको रर्याले बताए ।

सांसद किरातीले आगामी दिनमा पनि सुजित र सुदीपको अध्ययनका लागि आफूले साथ दिने र पहल गर्ने बताएका छन् । सहयोग सामाग्री लिएर पुगेका किरातीले भने, “हामीले गरेको विकासले धनी र पुँजीपति वर्गका लागि मात्र सहज भएको छ, गरिब र गरिबको दैनिकी झनै कष्टकर भएको छ । म यो प्रण गर्छु यस्ता आवाजलाई सदनमा समेत घन्काउने छु ।”

२०६४ को निर्वाचनमा पहिलो पटक संविधानसभा सदस्य र २०७४ मा निर्वाचित सांसद बनेका किराती गाउँ–गाउँमा पुगेर जनताका समस्या बुझ्न र जनताका समस्या सदनमा उठाउन पनि सक्रिय छन् ।

प्रतिनिधिसभामा नेकपा एमालेका उम्मेदवार एवम् प्रदेश नम्बर १ का पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै किराती तेस्रो पटक सांसद बनेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार