भोजपुरमा स्वतन्त्र उम्मेदवारमाथि मुख्यमन्त्री राजेन्द्रकुमार राईका स्वकीय सचिवले दिए ज्यानमार्ने धम्की


भोजपुर । भोजपुरमा एक उम्मेदवारमाथि धम्किसहित कुटपिट भएको छ । प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार दिलिपकुमार खतिवडामाथि प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईका स्वकीय सचिव भद्र पराजुलीले हातपातसंगै ज्यान मार्ने धम्कि दिएका हुन् ।
शनिबार साल्पासिलिछो गाउँपालिका १, दोभानको सालेवाबाट चुनावी घरदैलो सकेर षडानन्द नगरपालिकाको दिङ्लाबजारस्थित स्थानीय होटलमा खाना खाने क्रममा खतिवडामाथि कुटपिट भएकोे हो । जुनसुकै बेला आक्रमण गर्न सक्ने ज्यान मार्ने धम्कि आएपछि खतिवडाले सुरक्षाको माग गरेका छन् ।
‘पूर्वमेयर विरबल राईसहित खाना खाँदै राजनीतिक कुराकानी भइरहेकाबेला मुख्यमन्त्रीका स्वकीय सचिव भद्र पराजुलीले ‘कसलाई झोले भनेको’ भन्दै कुटपिट गरे ।’ खतिवडाले भने, ‘सत्ताको आडमा मलाई आक्रमण गरियो, निर्वाचनपछि भागेर कहाँ जान्छस हेरौला भनेर धम्काए’
यता मुख्यमन्त्रीका स्वकिय पराजुलीले भने तथानामी गालीगलौज गरेकाले ठेलमठेल मात्र भएको बताए । सम्झाउन खोज्दा पनि ‘झोले’ भन्दै अपशब्द बोलेपछि उम्मेदवार खतिवडालाई नियन्त्रण मात्र गर्न खोजिएको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार