भोजपुरमा ग्याँस लिक भएर आगो लाग्दा बालकको मृत्यु, आमा घाइते


भोजपुर । जिल्लाको दक्षिणी घोडेटारमा ग्याँस लिक भएर आगलागी हुँदा एक बालकको मृत्यु भएको छ ।
हतुवागढी गाउँपालिका –५ शान्त कुमार राईको भान्सा कोठामा मध्यरातमा अचानक ग्याँस सिलिन्डर लिक भएर आगलागी हुँदा घाइते हुँदा उपचारको क्रममा ६ वर्षीय छोरा आयुस राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।
श्रीमती र छोरा आगलागीमा परि गम्भीर घाइते भएका थिए । उनीहरुलाई घोडेटार प्रास्वाकेमा प्राथमिक उपचार गराइएको थियो ।
थप उपचारका लागि धरान घोपा क्याम्पमा लगिएकोमा बिहान छोराको मृत्यु भएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार