दोस्रो प्रोफेसनल आई.टी.एफ तेक्वान्दो प्रतियोगिता सम्पन्न कुशुम र नितेसलाई उपाधी


भोजपुर– प्रदेश नं. १ स्तरीय दोस्रो प्रोफेसनल आई.टी.एफ तेक्वान्दो प्रतियोगिता भोजपुरमा सम्पन्न भएको छ । भोजपुर आई.टी.एफ तेक्वान्दो जिल्ला समितिको आयोजना तथा प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईको सांसद क्षेत्र विकास कोषबाट विनियोजित बजेटबाट प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा षडानन्द नगरपालिका र षडानन्द नगरपालिका वडा नं. ४ को आर्थिक सहयोग रहेको थियो । प्रतियोगिता षडानन्द नगरपालिकाकी उप–प्रमुख प्रमिला राईको प्रमुख आतिथ्यमा तथा आई.टि.एफ तेक्वन्दो भोजपुरका अध्यक्षको अध्यक्षतामा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा पुरुष तर्फ पाँचथरका नितेस खवास प्रथम भएका छन भने क्रमशः द्धितिय र तृतीय भोजपुरका भुवन मगर र झापाका मिसन श्रेष्ठ भएका छन् । उनिहरुले नगद रु. प्रथम, द्धितिय र तृतीयले क्रमशः २० हजार, १५ हजार र १० हजार प्राप्त गरेका छन भने साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।

त्यस्तै महिला तर्फ मोरङका कुशुम राजवंशी प्रथम भएकी छिन् भने द्धितिय र तृतीय क्रमशः झापाका मुबि राई र आयोजकका सजिना तामाङ भएका छन् । उनिहरुले नगद रु. प्रथम, द्धितिय र तृतीयले क्रमशः २० हजार, १५ हजार र १० हजार प्राप्त गरेका छन भने साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा पुरुषतर्फको उत्कृष्ट खेलाडी नितेश खवास भएका छन भने महिलातर्फ कुशुम राजवंशी भएकी छिन् । उनिहरुले नगद रु २ हजार साथमा ट्रफी र मेडल प्राप्त गरेका छन् ।

प्रतियोगितामा ११ जिल्लाका महिला पुरुष खेलाडी गरेर जम्मा ४४ जना खेलाडी सहभागी भएका थिए भने आई.टी.एफ तेक्वान्दोका केन्द्रिय उपाध्यक्ष, प्रदेश नंं. १ का अध्यक्ष तथा मार्सल आर्ट गेम्स महासंघका अध्यक्ष प्रविन कार्की, आई.टी. एफ तेक्वान्दो प्रदेशका उपाध्यक्षद्धय चर्तुलाल चौधरी र राजेन्द्र धिमाल, प्रदेश सचिव नविन तामाङ साथै प्रदेश समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार