भोजपुर । गैरसरकारी संस्था महासंघ जिल्ला शाखा भोजपुरको अध्यक्षमा गणेश प्रधान सर्वसम्मत चयन भएका छन् ।भोजपुर सदरमुकाममा मंगलबार भएको सातौँ जिल्ला अधिवेशनबाट प्रधानको नेतृत्वमा ९ सदस्यीय समिति चयन भएको हो ।
अधिवेशनले उपाध्यक्षमा निर्मला श्रेष्ठ , सचिवमा खगेन्द्र खडकालाई चयन गरेको छ भने उपसचिवमा रेणुका सापकोटा र कोषाध्यषमा घमचन्द्र दाहाल चुनिएका छन् । यस्तै सदस्यहरूमा शान्ति राई ,मोहन दुराल, विमल रणपहेली र बाबुराम राई छन् ।