भोजपुर । भोजपुरमा जंगली च्याउ खादा एक जनाको मृत्यू ज्यान गएको छ भने ५ जना गम्भिर विरामी भएका छन् । जंगली च्याउ खादाँ हतुवागडी गाउँपालिका–३ का आशकुमार राईको पाँच वर्षिय छोरी कृति राईको ज्यान गएका जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक नितेश कुमार सिंहले जनाएको छ ।
च्याउ खाएको केहि समयपछि रिंगटा लागेपछि प्राथामिक स्वास्थ्य केन्द्र घोरेटारमा उपचारका लागि लगिएको र उपचारकै क्रममा बालिकाको मृत्यू भएको प्रहरी निरिक्षक सिंहले बताए ।
अन्य ५ जनाको भने उपचार भईरहेको छ । उपचार हुनेमा वर्ष ४३ का आशकुमार राई, वर्ष ३८ की धनकुमारी राई, वर्ष २० की योगीता राई, वर्ष ८ की सुमित्रा राई र वर्ष ३ की सृष्टि राईलाई हतुवागडी गाउँपालिकामा रहेको प्राथामिक स्वास्थ्य केन्द्र घोरेटारमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
प्रहरीका अनुसार उपचारमा रहेका ५ जना भने सामान्य अवस्थामा रहेका छन् । उनीहरुले जंगलबाट च्याएको च्याउ पकाएर खाएका थिए ।