मर्यादाक्रम नमिलाई नाम प्रकाशित गरेको भन्दै भोजपुरका कर्मचारी र शिक्षकले बुझाए ज्ञापत्र पत्र


भोजपुर । आसन्न स्थानीय तहको निर्वाचनको लागि ​​​​​​​मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले प्रकाशित गरेको अधिकृत र सहायक मतदान अधिकृतको नामावली सच्याउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मुख्य निर्वाचन अधिकृतलाई निजामति कर्मचारीहरुको अधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष खडगबहादुर पौड्याल र शिक्षक महासंघ भोजपुरका सचिव हरी गौतमले हस्ताक्षर गरेको ज्ञापन पत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमवार अधिकृत र मंगलवार सहायक मदतान अधिकृतको नामावली प्रकाशित गरेको थियो । ज्ञापन पत्र बुझदै मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट कमजोरीलाई सुधार गर्ने प्रतिबद्धता आएको अधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष पौड्यालले बताए ।
ज्ञापन पत्रमा भनिएको छ, “आसन्न स्थानीय तह निर्वाचनको प्रयोजनका लागि प्रकाशित मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको नामावलीमा राष्ट्रसेवक कर्मचारी तथा शिक्षकहरुको पदसोपानमा तहगत श्रेणीगत मर्यादाक्रम नमिलेको, तह र श्रेणी उल्लेख गर्दा त्रुटी देखिएको र निर्वाचन आचार संहिता बिपरीत ट्रेड युनियनका पदाधिकारीहरुको समेत नाम समावेश गरिएको पाइएकाले उक्त अनियमित, अमर्यादित र निर्वाचन आचार संहिता बिपरीत भएको सो नामावली सच्याउन यो ज्ञापन पत्र पेश गरिएको ब्यहोरा अनुरोध छ । ”

जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयलाई समेत बोद्यार्थ दिएर बुझाईएको ज्ञापन पत्रमा नामावली नसच्एिमा तोकिएको जिम्मेवारी बहन गर्न राष्ट्रसेवक कर्मचारी तथा शिक्षकहरु बाध्य नहुने समेत उल्लेख गरिएको छ । नायव सुब्वाहरु मतदान अधिकृत भई रहदाँ अधिकृत स्तरका कर्मचारी र शिक्षकहरुलाई सहायक मतदान अधिकृत बनाईए पछि असन्तुष्टि बढेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार