भोजपुर । गठवन्धनका अध्यक्ष पदका उम्मेद्वार सरोज वस्नेतले टेम्केमैयुङ गाउँपालिकामा गठवन्धनले चुनाव जित्ने सुनिश्ति भएको बताएका छन् । गाउँपालिकामा रहेका जनतार्को आवश्यकता अनुसारका विकास र सम्मृद्दिका लागि गठवन्धनले निर्वाचन जित्ने वताएका हुन् ।
गाउँपालिकाको– १ तिम्माको चुनावी सभालाई सम्वोधन गर्दै गठवन्धन पार्टीका अध्यक्ष पदका उम्मेद्वार वस्नेतले संविधानको रक्षार्थ आर्थिक सवलता र स्थानियतहको विकासको लागि गठवन्धनका उम्मेद्वारलाई विजय गराउनु पर्ने वताए ।
गठवन्धन पार्टिका अध्यक्ष पदका उम्मेद्वार वस्नेतले भने “केही लिन भन्दा पनि केही दिनकालागि पालिका उम्मेद्वार वनेको हुँ, टेम्केमैयुम गाउँपालिकामा अब कुनैपनि हालतमा एमालेले जित्न सक्दैन” ।
आफू विजयि भएपछि वडाका आधारमा नभएर भुगोलको आधारमा वजेट विनियोजन र विकासका गतिविधिहरु अगाडि वढाउने वताए । सडक, पर्यटनलाई प्राथमिकतामा राखेर पाच वर्षको कार्यकालमा जनताले महसुस गर्ने गरि काम गरिने वताए ।
स्थानियको माग र आवश्यकतालाई पहिचान गरि पालिकाको वजेटले भ्याउने पालिकालेनै विकास गर्ने यदि पालिकाको क्षमता भन्दा वाहिरका योजनाहरुलाई प्रदेश र केन्द्रमा पनि गठवन्धनकै सरकार वन्ने भएकाले उचित पहल गरि जनताका भावना र मर्मलाई सम्वोधन गरिने वताए । फरक प्रसंगमा गठवन्धन पार्टिका अध्यक्ष पदका उम्मेद्वार वस्नेतले भने चुनाव केन्द्रित भएर गठवन्धन वाहिरका उम्मेद्वारहरुले भोट माग्नका लागि विभिन्न प्रलोभन देखाई नाटकिय शैलिमा घरदैलोमा आउने भएकाले विकास र समृद्दिका लागि काम गर्ने शृजनसिलतालाई पहिचान गरि मतदान गर्न आग्रहगरे ।