भोजपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल गरेका नेपाली कांग्रेसका १० जना उम्मेदवारलाई पार्टीले निष्कासित गर्ने चेतावानी दिएका छन् । बैशाख १६ गतेसम्म उम्मेदवारी फिर्ता नलिएमा पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गर्ने जनाएको छ ।
कार्वाहीमा परेकाहरु आमचोक गाउँपालिका वडा नं ३ संजय राई, कुमारी राई, वडा नं. ४ का रमेश विष्ट, निर्मला राई, वडा नं ५ संजय राई, कौशिला नेपाली, वडा नं ६ टेक बहादुर कार्की, तिर्थमाया बस्नेत, वडा नं ९ विन्द्रबहादुर श्रेष्ठ, वडा नं १० खगेन्द्र विष्ट रहेका नेपाली कांग्रेस भोजपुरका अध्यक्ष विनोद बान्तवाले बताए ।
प्रतिगमन विरोधी गठबन्धन दल तथा पार्टी नीति, निर्णय र निर्देशन विपरीत अनुशासन उलङ्घन गर्दै बाहिरी दलको चुनाव चिह्न लिई मनोनयन दर्ता गरेकोले साधारण सदस्य समेत नरहने गरी कारवाही गरिने नेपाली कांग्रेस भोजपुरका अध्यक्ष बान्तवाले बताए ।
त्यसैरी, नेपाली कांग्रेस आमचोक सभापती रविन राईलाई २ दिनभित्र जिल्ला कार्य समितीमा लिखित जानकारी निर्देशन दिएको छ ।