भोजपुर । नेकपा एमालेले भोजपुरको षडानन्द नगरपालिकामा ७ वडा वडाहरुमा वडाध्यक्षको उमेदवार सर्वसहमत टुङ्ग्याएको छ । एमालेले मेयर, उपमेयर र ७ वडा वडामा उमेदवार टुङ्ग्याउन पहल गरिरहेको छ । केहि वडाहरुमा छिट्टै उमेदवारको टुङ्गो लाग्ने र मेयर उपमेयरको पनि छिट्टै सर्वसहमत टुङ्ग्याउने तयारी भईरहेको नेकपा एमालेको षडानन्द नगर कमिटी सचिव दिपेश विष्टले जानकारी दिए ।
उनिहरुले ७ वटा वडाहरुमध्ये वडा नं. ३ मा गणेश प्रसाद अधिकारीलाई सर्वसहमत वडाध्यक्षको उमेदवार बनाएको छ भने वडा नं. ५ मा टेक बहादुर जिसीलाई वडाध्यक्षको उमेदवार बनाएको छ । वडा नं. ३ का वडाध्यक्षका उमेदवार गणेश प्रसाद अधिकारी जिल्ला कमिटी सदस्य तथा वडा नं. ३ का वडाध्यक्ष समेत रहेका छन् । यता वडा नं. ५ का वडाध्यक्षका उमेदवार टेक बहादुर जिसी जिल्ला कमिटी सदस्य हुन् ।
वडा नं. ७ मा नेकपा एमालेका नगर कमिटी सचिव रहेका दिपेश विष्टलाई सर्वसहमत वडाध्यक्षको उमेदवार बनाएको छ । साथै वडा नं. १० मा गणेश राईलाई वडाध्यक्षको उमेदवार बनाएको छ राई नेकपा एमाले जिल्ला सल्लाहकार परिषद सदस्य रहेका छन् । वडा नं. १२ मा राजेश कट्वाललाई उनिहरुले वडाध्यक्षको उमेदवार बनाएको छ । कट्वाल जिल्ला कमिटी सदस्य रहेका छन् ।
वडा नं. १४ मा हाल वडाध्यक्ष रहेका झम्क रोक्कालाई सर्वसहमत वडाध्यक्षको उमेदवार छानेको नगर कमिटीका सचिव दिपेश विष्टले जानकारी दिए । हाल उनिहरुले सर्वसहमत वडाध्यक्षको उमेदवार टुङ्ग्याएको वडाहरुमध्ये २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा वडा नं. ७ मा नेकपा माओवादी केन्द्रले विजयी हासिल गरेको थियो भने वडा नं. ११ र १२ मा नेपाली कांग्रेसले विजय प्राप्त गरेको थियो ।