भोजपुर । आसन्न निर्वाचनको लागि लामो रस्सकस्सीपछि सत्ता गठवन्धनका दलहरुका बिच भागवण्डा टुंगिएको छ । जिल्लाका २ नगरपालिका र ७ वटा गाउँपालिकामा कुन पार्टीका उम्मेदवार बनाउने भन्ने बिषयमा लामो रस्सकस्सीपछि टुंगिएको हो ।
दलहरुका बिचमा भएको सहमति अनुसार नेपाली कांग्रेसले भोजपुर नगरपालिकामा मेयर, षडानन्द नगरपालिकामा मेयर, टेम्केमैयुङ गाउँपालिकामा अध्यक्ष, साल्पासिलिछो गाउँपालिका अध्यक्ष र हतुवागढी गाउँपालिकामा अध्यक्ष पाएको छ ।
यसैगरी, नेकपा माओवादी केन्द्रले पौवादुङमा गाउँपालिका अध्यक्ष, रामप्रसाद राई गाउँपालिका अध्यक्ष पाउने भएको छ ।
सहमति अनुसार कांग्रेसले रामप्रसाद राई गाउँपालिका र पौवादुङमा गाउँपालिकामा उपाध्यक्ष पाएको छ भने माओवादी केन्द्रले षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र हतुवागढी गाउँपालिकमाा उपाध्यक्ष पद पाएको छ । नेकपा एकीकृत (समाजवादी)ले भोजपुर नगरपालिकामा उपमेयर र टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष पद पाएको छ ।
यता, आमचोक गाउँपालिका र अरुण गाउँपालिकामा भने नेपाली कांग्रेस र माओवादी केन्द्रले आ–आफनो पार्टीबाट उम्मेदवार उठाउने भएका छन । दलहरुका बिचमा स्थानीय तहका जम्मा ८१ वडा मध्ये कुन वडामा गठवन्धन गर्ने भन्ने बिषयमा छलफल जारी रहेको गठवन्धन दलका बार्ता संयोजक नेपाली कांग्रेसका जिल्ला सभापति बिनोद बान्तवाले जानकारी दिए । यता, जिल्ला समन्वय समितिमा भने जनता समाजवादीलाई प्रमुख र नेकपा एकिकृत माओवादीलाई उप प्रमुख दिने सहमती भएको छ ।ता, जिल्ला समन्वय समितिमा भने जनता समाजवादीलाई प्रमुख र नेकपा एकिकृत माओवादीलाई उप प्रमुख दिने सहमती भएको छ ।