भाेजपुर। जिल्ला फुटबल संघ भाेजपुरकाे अध्यक्षमा प्रविन सुवाल निर्विरोध चयन भएको छ । चार वर्षे कार्यकाल सकिएपछि बिहीबार भएको चुनावी अधिवेसनबाट प्रविण सुवालकै नेतृत्वमा १२ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको पूर्व महासचिव सफल किरातले जानकारी दिए ।
‘पूर्व अध्यक्ष प्रविण कुमार सुवालकै नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ,’ किरातले खेलाडीसँग भने, ‘उपाध्यक्षमा टंक प्रधान, भास्कर तामाङ र आङ पासाङ शेर्पा निर्विरोध चयन हुनु भएको छ ।’
‘यस्तै सदस्यमा सुदिप कार्की, सुरेन्द्र महत, उसान किरात, सन्तोष मोक्तान, संग्राम राई, नगेन्द्र राई, विनोद राई, डम्बर राई चयन हुनु भएको छ,’ उनले भने, ‘महिला सदस्य, कोषाध्यक्ष र महासचिव मनोनित हुने भएकाले त्यसको टुङ्गो लाग्न बाँकी छ ।’