भोजपुर । भोजपुरमा पनि स्थानीय तह निर्वाचनका लागि सत्तारुढ दलहरूले गठबन्धन गर्ने भएका छन् । गठबन्धनमा रहेका दलहरूको आज बसेको बैठकले आगामी स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेको हो ।
जिल्ला समन्वय समिति, ९ स्थानीय तह र ८१ वटै वडाहरूमा गठबन्धन गर्ने निर्णय भएको हो । यस्तै पर्सी बस्ने गठबन्धनको बैठकका लागि जिल्ला संयन्त्रलाई सुझाव पठाउन पनि निर्देशन दिइएको छ ।