भोजपुर । भोजपुरको खावामा एकीकृत समाजवादीको वडा कमिटी गठन भएको छ । टेम्केमैयुङ गाउँपालिकाकाे खावामा एकीकृत समाजवादीको वडा कमिटी गठन भएको छ ।
एकीकृत समाजवादीको वडा कमिटीको अध्यक्षमा सुभराज राई वडा कमिटी अध्यक्ष भएका छन् । राई वडा कमिटीको अध्यक्ष हुँदा जिते सार्की उपाध्यक्ष भएका छन् भने लाल बहादुर विष्ट सचिवमा चयन भएका छन् । साथै राम कुमार खत्री, ईश्वर विष्ट र निरोज राई उप–सचिव भएका छन् भने रीता विष्ट कोषाध्यक्षमा सर्वसहमत चयन भएको एकीकृत समाजवादीका संगठन विभाग प्रमुख सन्दिप राईले जानकारी दिए ।
निर्वाचित वडा कमिटी अध्यक्ष पदाधिकारी साथै ३१ सदस्यीय एकीकृत समाजवादी वडा कमिटीमा चयन भएका सबै एमालेमा आवद्ध रहेका थिए । उनिहरु एमाले त्यागेर नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा आवद्ध हुँदै कमिटीमा चयन भएका हुन् ।
उनिहरु एमाले बाट कम्युनिस्ट बिचार स्थापित नहुने र जनताको एजेन्डा सम्बोधन नहुने भन्दै समाजबादि प्रबेस गरेका हुन् । एमाले अब कम्युनिट बिचारदेखि टाढा रहेको र एमालेबाट जनताको भाग्य भविष्य साथै कम्युनिष्टहरुले उचालेका एजेन्डाहरु एमालेले त्यागेको कारण समाजवादीमा प्रवेश गरेको प्रवेशीहरुको भनाई छ ।