दिङ्ला बस पार्क भवनको उद्घाटन


भोजपुर। भोजपुरको षडानन्द नगरपालिकामा दिङ्ला बस पार्क भवनको उद्घाटन भएको छ । प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा षडानन्द नगरपालिका वडा नं. ७ को गडिगाउँमा बर्सपार्क भवनको निर्माण भएको हो । प्रदेश सरकारको एक करोड र षडानन्द नगरपालिकाको रु एक करोड गरी दुई करोडमा ठेक्का आव्हान भएको थियो । तर निर्माण व्यवसायीले रु १ करोड २१ लाखमा भवन निर्माण सम्पन्नको लागि ठेक्का पारेको थियो ।

गत आर्थिक बर्षको असार मसान्तमा सम्पन्न हुनु पर्ने निर्माण कार्य कोरोना भाईरसको कारणले समयमा सम्पन्न हुन सकेन । समय थप गरि निर्माण कार्य पौष मसान्तमा सम्पन्न गरि बस पार्क भवनको विधिवत रुपमा उद्घाटन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम बस्नेतले बताए ।

बस पार्क निर्माण तथा उदघाटन कार्य केहि ढिला भईरहेको थिया तर ढिलै भएपनि उद्घाटन हुँदा खुसी लागेको छ । वडा नं. ७ को अथक प्रयाश र पहल नगरपालिकाको ध्यान पुगेपछि सबैको सहयोगमा समयमै भवन निर्माण सम्पन्न भएको षडानन्द नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बुद्धसिं तामाङले बताए ।

ढिलै भएपनि सन्तान नै होस भन्ने उखान जस्तै बस पार्क भवन ढिलै भएपनि सन्तानको रुपमा उद्घाटन भएको छ । यसलाई पुर्णता दिन यसको संरक्षण उपयोग तथा विकास गर्न सबैको भुमिका रहने भोजपुर उद्योग वाणिज्य संघ दिङ्ला शाखाका अध्यक्ष रमेश श्रेष्ठले बताए ।

अपुरो काम हरु धेरै भैइ रहेको छ यस्लाई पुर्णता दिनु आवास्यक छ । पेशागत संघ संगठनहरु विकासे कामको लागि सधैँ सहयोग गर्न तायर रहेको छ । प्रदेश सरकार र र नगरको साझेदारीमा भौतिक पुर्वधार निर्माणको काम तदारुकता साथ अगडी बढाउन नगरपालिकाको ध्यान पुग्न जरुरी रहेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नगर कमिटी उपाध्यक्ष विनोद पराजुलीले बताए ।

खुसिको क्षण हो लोकतान्त्रिक गणतन्त्र आएपछि बिकासका मुलढोकाहरु खुलेका छन । ८ महिना चल्ने अरुण नदिमा फेरि छ अब छिट्टै अरुण नदिमा पुल निर्माणको लागि देखेको सपना पूरा गर्नका लागि नगरपालिकाले कडा भुमिका खेल्न जरुरी छ । लम्सुवाको पुल निर्माण नभएको डर अझै छ त्यस्तो नहोस । आज बसपार्कको
सकरात्मक सोचका साथ केहि कामको थालनी गरे केहि परिणाम पाईन्छ जस्तै बसपार्क हाम्रो परिणाम हो । दिङ्लाको विकासको लागि राजनितिक एकता र राजनितिक सद्भाव हुन जरुरी छ । विकासे काममा साँगुरो राजनितिक चिन्तन भन्दा माथी उठेर समग्र दिङ्लाको विकासको लागि अगाडी बढ्नु पर्ने नेपाली कांग्रेसका सभापति भिम तामाङले बताएका छन् ।

अझ नगरवासीहरुको आधारभुत आवाश्यकतालाई मध्यनजर गर्दै सामाजिक तथा भौतिक विकासका कार्य तथा कार्यान्वयन गर्न नेकपा एमालेका नगर सचिव दिपेश विष्टको भनाई थियो ।
लामो समयपछिको स्थानीय तहको निर्वाचनले सर्वसाधरणमा धेरै आकंक्षाहरु रहेको थियो । धेरै विकासका काम हुन्छ भन्ने अपेक्षा राखेका थिए तर सबै अपेक्षा आशा पुरा गर्न सकिएन तर आवाश्यकताको आधारमा धेरै जनता लक्षित कार्ययोजना निर्माण गरि काम गरेको षडानन्द नगरपालिकाकी उपप्रमुख मेरिका राईले बताईन् ।

बसपार्क भवनको उद्घाटन षडानन्द नगरपालिकाका प्रमुख वीरबल राईले रिभिन काटेर गरेका थिए । नगर क्षेत्रमा भौतिक निर्माण तथा विकासका काम धेरै भएको छ अब यस्ता विकासे कार्यमा निर्माण भएको भवनहरु पुर्ण रुपमा सञ्चालन हुने नगर प्रमुख वीरबल राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार