सत्तिघाटको फेरीमा फेरी समस्या, यात्रुको अलपत्र


भोजपुर । सत्तिघाटको फेरीमा समस्या आउँदा यात्रु तथा मालवहाक सवारी साधन आपतमा परेको छ । सङ्खुवासभा र भोजपुरको सिमानामा रहेको अरुण नदिको सतिघाटको फरेीमा आकस्मिक समस्या आउँदा यात्रुहरु समस्यामा परेको हो । भोजपुरको उत्तरी क्षेत्रको षडानन्द नगरपालिका साल्पासिलिछो गाउँपालिकालाइ यातयातको माध्यमबाट संखुवासभा तराइ हुदैँ काठमान्डौ सम्म जोड्ने विकल्पको रुपमा रहेको फेरीमा आज दिउँसोदेखि समस्या आएपछि आवतजावत ठप्प भएको छ ।

फेरीमा समस्या आएपछि यात्रु बहाक तथा मालबहाक गाडीहरु सत्तिघाट वारीको वारी नै र पारिको पारिनै ठप्प रहेको छ । फेरी निर्माण भएको ३ बर्ष पुरा नहुँदै फेरीमा पटक पटक समस्या आउने गरेको छ । नगरपालिकाले कर उठाएपनि बेलाबेलामा फेरीको मर्मत नगरेको यात्रुहरुको आरोप छ ।

फेरी प्रदेश सांसद राजेन्द्र कुमार राई र संघिय सांसद सुदन किराँतीको सांसद क्षेत्र विकास कोषको रु ७५/७५ लाख लगानीमा सुरु भई षडानन्द नगरपालिकाले नगरको लगानीमा फेरी निर्माण सम्पन्न गरेको थियो । विकल्पको रुपमा निर्माण भएको फेरी नगरपालिकाले मर्मत नगर्दा समस्या झेल्नु परेको यात्रुहरुको गुनासो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार