भोजपुर। एकीकृत समाजवादी अरुण गाउँ कमिटीको अध्यक्षमा झईन्द्र खड्का सर्वसहमत चयन भएका छन् । अध्यक्षमा खड्का चयन हुँदा उपाध्यक्षमा दिपेन्द्र राई, दिल्लि चौलागाई, सचिवमा होम बहादुर श्रेष्ठ उपसचिवमा कमल बहादुर अधिकारी र कोषाध्यक्षमा वम प्रसाद राई सहित ३१ सदस्यीय गाउँ कमिटी गठन भएको संगठन विभाग प्रमुख सन्दिप राईले जानकारी दिए ।
गाउँ कमिटी तथा प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रिय कमिटी उपाध्यक्ष तथा स्कुल विभाग प्रमुख प्रमेश हमालको प्रमुख आतिथ्य रहेको थियो भने केन्द्रिय कमिटीका सचिव तथा प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय सचिव तथा प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईले भने जिन्दगीनै एमालेमा समर्पण गरेर जनताको हित र देशको हित हुने काम एमालेले गर्छ भनेर हिडेका थियौं तर एमालेले त्यो कुनै काम नगरेको कारण एकीकृत समाजवादी विकल्प भएको बताए । संन्सारमा कमैमात्र पाउने कम्युनिष्ट पार्टीले दुई तिहाई मत नेपालको कम्युनिष्ट पार्टीले पाएको थियो तर त्यो मौकामा केपिओलीको सरकारले केहि नगरी आफ्नो हितको काम मात्रै गरेको कारण एकीकृत समाजवादी निर्माण भएको राईले बताए ।
एमालेमा अब कम्युनिष्ट विचार कम्युनिष्ट सिद्धान्त रहेन हिन्दुवादी चिन्तन बोकेर राप्रपा संग तालमेल गर्ने कम्युनिष्ट विचारसंग छलफल नगर्ने दिशामा एमाले लागे । अग्रगमनको पक्षमा जानुपर्ने पश्चगमनको यात्रा सुरु गर्न थालेपछि विकल्पमा एकीकृत समाजवादीको उदय भएको हो । समाज सुधार गर्ने पक्षमा सत्यको पक्षमा विचार विमर्श गर्ने सुरुमा एक्लै अनि कम संख्यानै हुन्छ तर आतिनु नहुने र केहि समयमा सत्य र विचारको लडाईको जित हुने कार्यक्रमका प्रमुख अतिथि प्रमेश हमालले बताए ।